‘जलवायु परिवर्तन ले ६ महिना घट्न सक्छ उमेर’


एउटा अध्ययनले जलवायु परिवर्तनका कारण मनुष्यको औसत आयु घट्न सक्ने दाबी गरेको छ । जलवायु परिवर्तनले गर्दा उमेरमा हुने यो कमी औसत रुपमा ६ महिना सम्म हुन सक्छ ।

प्लोस क्लाइमेट जर्नलमा प्रकाशित अध्ययन अनुसार मनुष्य जति बाच्ने आशा गर्छ त्यस मध्ये आधा वर्ष जलवायु परिवर्तनका कारण गुम्न सक्छ ।  अध्ययन मा सन् १९४० देखि २०२० सम्म १ सय ९१ देशको औसत तापक्रम, वर्षा र मानिसको औसत आयुको तथ्यांक विश्लेषण गरिएको छ ।

अनुसन्धान कर्ताहरूले पत्ता लगाए कि तापक्रम र वर्षामा हुने परिवर्तनहरू को प्रत्यक्ष सम्बन्ध जीवनको सम्भावना मा कमी सँग छ ।  हरेक १ डिग्री सेल्सियस तापक्रममा बृद्घि सँगै जीवन सम्भाव्यता मा लगभग ०.४४ वर्ष या ६ महिना एक साता को कमी देखिएको छ ।यसको अर्थ के हो भने विश्व व्यापी तापक्रम एक डिग्री सेल्सियसले बढ्दा औसत आयु ६ महिनाले घट्न सक्छ ।

जलवायु परिवर्तन ले विकासोन्मुख देशका महिला र पुरुष असमान रूपमा प्रभावित भएका छन् । जलवायु परिवर्तनले अरबौं मानिसलाई खतरामा पारेको छ । सार्वजनिक जनस्वास्थ्य सङ्कटलाई मध्य नजर गर्दै यसलाई तत्काल सम्बोधन गर्न जरुरी छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!