‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याः प्रधानमन्त्री प्रचण्ड एक्सनमा’

‘उपकुलपति डा. कार्कीलाई लाई धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो भन्दा छिटो सुल्झाउन ‘एक्सन’मा आएका छन् ।

प्रधानमन्त्री ले युगाण्डाको कम्पालामा सम्पन्न असंलग्न आन्दोलनको १९ औ शिखर सम्मेलन मा सहभागी भएर आइत बार मुलुक फर्किन साथ प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री ले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आइत बार आफ्नो कार्य कक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा कार्कीलाई भने– ‘तपाई ले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस्, तपाई धरान जानोस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।’

प्रधानमन्त्रीले प्रतिष्ठानको उपकुलपतिलाई निर्देशन दिए लगत्तै आइत बार नै प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतलाई समेत सम्पर्क गरेका हुन ।

प्रधानमन्त्रीले सहकुलपति एवं स्वास्थ्य मन्त्री बस्नेतलाई फोन गरेर आइत बार कै मितिले कानुन अनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन समेत दिएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!