‘दूधदानी वाट दूध खुवाउने आमाहरू को संख्या २५ वर्ष मा सात गुणा बढ्यो’

बट्टाको दूध सेवन गर्ने शिशुहरूमा भविष्यमा कुपोषण मात्र नभएर मोटोपना, मधुमेह लगायतका रोगहरू लाग्न सक्छ । स्तनपान गर्ने शिशुहरूको बौद्धिक शक्तिको विकास राम्रो हुन्छ । ६ महिनासम्म आमाको दूधमात्र खुवाउँदा बाल मृत्युदरमा १३ प्रतिशतले कमी ल्याउन सकिन्छ ।


काठमाडौं– आमाको दूधलाई प्रतिस्थापन गर्ने बट्टा को दूध लगायतका वस्तुको अनुचित प्रयोग अझै मुलुकमा व्यापक रूपमा जारी छ । पछिल्लो अढाई दशकमा मुलुकमा स्तनपान नगराइ दूधदानी वाट दूध खुवाउने आमाहरूको सङ्ख्यामा सात गुणा भन्दा बढी बृद्घि भएको छ । हाल २२ प्रतिशत महिला दूधदानी बाट दूध खुवाउँछन् । आमाको दूधको सट्टा शिशुहरूलाई बट्टा को दूध खुवाउनेमा पढे लेखेका, आर्थिक रूपमा सबल सहरिया हरू नै बढी छन् ।

स्वास्थ्य सेवा विभाग , परिवार कल्याण महाशाखा द्वारा आयोजित आमा को दूध लाई प्रतिस्थापन गर्ने वस्तुहरू को बिक्री वितरण नियन्त्रण ऐन २०४९ सम्बन्धी पत्रकारहरूको बहस पैरवी कार्यक्रममा उक्त कुराहरू बताइएको हो ।

जन्मने बित्तिकै स्तनपान गर्न पाउन शिशुको नैसर्गिक अधिकार भए पनि पछिल्लो सन २०२२ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण को अनुसार नेपालमा जन्मेको एक घन्टा भित्र ५५ प्रतिशत शिशु मात्र स्तनपान गर्छन् ।

यस्तै ६ महिना सम्म पुर्न स्तनपान गर्ने शिशुहरू ५६ प्रतिशत मात्र छ । विज्ञहरूको अनुसार शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोग सँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ जसले शिशु लाई सङ्क्रामक रोग लाग्न बाट बचाउँछ ।

बिगौती दूधको स्तनपानलाई पहिलो खोपको रूपमा समेत लिइन्छ । शिशु जन्मिएपछि जति सक्दो चाँडो एक घण्टा भित्रमा उसलाई आमाको बिगौती दूध अनिवार्य रूपमा खुवाउनुपर्ने औँल्याउँदै विज्ञहरूले यसो गर्दा बिगौती दूधले भविष्यमा बालबालिकाहरूलाई विभिन्न प्रकारका रोगहरूको जोखिमबाट टाढा राख्नुको साथै बाल मृत्युदर घटाउनू मा समेत सकारात्मक प्रभाव पार्ने बताउँछन् ।

शिशु जन्मेपछि ६ महिना सम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरू आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने भएकोले जन्मेको ६ महिना सम्म आमाको दूध मात्र खुवाउन पर्छ । यस्तै बच्चा जन्मेको ६ महिना पुरा भएपछि पोसिलो थप खानाका साथ साथै कम्तीमा २ वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनु पर्छ ।

आमाको दूधमा पाइने रोग सँग लड्ने प्रतिरोधात्मक तत्व बट्टाको दूधमा नपाइने हुँदा बट्टाको दूध सेवन गर्ने शिशुहरूमा रोगसँग लड्ने क्षमताको कमी हुँदै जान्छ र भविष्यमा बच्चा कुपोषित मात्र नभएर मोटोपना, मधुमेह लगायतका रोगहरू लाग्न सक्ने विभिन्न अध्ययनहरूले समेत देखाएको छ ।

यति मात्र नभइ बट्टाको दूध सेवन गर्ने शिशु भन्दा स्तनपान गर्ने शिशुहरूको बौद्धिक शक्तिको विकास राम्रो भएको पाइन्छ । ६ महिनासम्म आमाको दूधमात्र खुवाउँदा बाल मृत्युदरमा १३ प्रतिशतले कमी ल्याउन सकिने अन्तर्राष्ट्रिय जर्नल ल्यान्सेटले पुष्टि गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!