यसै साता थप २ गरी हाल सम्म १६ जनाको कलेजो प्रत्यारोपण

कलेजो प्रत्यारोपणमा आत्मनिर्भरता तर्फ बढदैः यो वर्ष ६ जनाको सफल कलेजो प्रत्यारोपण गरेको केन्द्रले केही साता मै थप ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको छ


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यसै साता थप दुई जनाको कलेजो प्रत्यारोपण गरेको छ । हाल सम्म केन्द्रले १६ जनाको कलेजो प्रत्यारोपण गरेको हो ।

केन्द्रमा पुस ८ र ९ गते भएको कलेजो प्रत्यारोपण मा भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले र सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीय दिदीले कलेजो दान दिएकी थिइन । कलेजो दाता र ग्रहण कर्ता दुवैको स्वास्थ्य सामान्य रहेको केन्द्र ले जनाएको छ ।

वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रले २०७३ साल मंसिर २२ गते दक्षिण कोरियाका चिकित्सकहरूको प्रविधिक सहयोगमा मुलुक कै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । यस पछि गरिएको कलेजो प्रत्यारोपणमा छिमेकी मुलुक भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूको सहयोग रहँदै आएको छ ।

पछिल्लो ५ जनाको प्रत्यारोपणमा एक जना मात्र भारतीय चिकित्सकको सहयोगमा गरिएको केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए । डा.पुकारले केन्द्र कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको समेत उल्लेख गरे ।

यो वर्ष ६ जनाको सफल कलेजो प्रत्यारोपण गरेको केन्द्रले केही साता मै थप ४ जनाको कलेजो प्रत्यारोपण गर्ने तयारी समेत गरेको चिकित्सकहरूले बताए । प्रत्यारोपण केन्द्र स्थापनाको ११ वर्ष को समय मा १ हजार १ सय ७२ जनाको मृगौला प्रत्यारोपण समेत भई सकेको छ ।

को -को थिए प्रत्यारोपण टोलीमा

डा. पुकार चन्द्र श्रेष्ठ को नेतृत्व मा भएको कलेजो प्रत्यारोपण अन्तर्गत शल्य चिकित्सा टोली मा डा.सपना बर्मा, डा.रोशन घिमिरे, डा.रामबाबु शाह, डा.ललित दास एनेस्थेसियामा डा.आरती राई, डा. निभा लगायत का टिम, रेडियोलोजीमा डा.कृष्ण बुढाथोकीको टोली, पल्मुनोलोजीमा डा. राजेश यादव, पूजा कोइरालाको नरसिङ्ग टिम, फिजियोथेरापीमा गौरव पन्थ र ट्रान्स प्लान्ट को अर्डिनेटर मा तारा साध थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!