‘सङ्क्रमित ब्यक्ति को फोक्सोमा दुई वर्ष सम्म रहन सक्छ, कोरोना भाइरस ’


कोरोना भाइरस, सङ्क्रमित व्यक्तिको फोक्सोमा करिब दुई वर्षसम्म रहन सक्छ । नेचर इम्युनोलोजी जर्नलले प्रकाशित अध्ययनमा यो दाबी गरिएको हो । अध्ययनका अनुसार कोभिड निम्त्याउने भाइरस ‘सार्स कोभ–२’, केहि व्यक्तिको फोक्सो मा सङ्क्रमन भएको १८ देखि २४ महिना सम्म रहन सक्छ ।

सङ्क्रमित भएको एक देखि दुई साता पछि ‘सार्स कोभ–२’, भाइरस लाई सामान्यतया माथिल्लो श्वास प्रश्वास नली मा पत्ता लगाउन सकिँदैन, तर केही भाइरसहरू सङ्क्रमन उत्पन्न गरे पछि समेत शरीरमा निष्क्रिय (सुप्त) र अज्ञात रूप मा रहि रहन्छन् ।

यद्यपि यो माथिल्लो श्वास नली वा रगतमा पत्ता लगाउन नसकिने अवस्थामा रहन्छ। यो एचआइभी को मामला जस्तै हो, जो निश्चित प्रतिरक्षा कोशिकाहरूमा गुप्त रूपले रहन्छ र कुनै पनि समयमा पुनः सक्रिय हुन सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!