प्रधानमन्त्री प्रचण्ड ले स्वास्थ्य बिमाको दायरा बढाउने घोषणा गरे


काठमाडौं–प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य बिमाको दायरा विस्तार गर्ने घोषणा गरेका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देश वासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा जनाएका हुन ।

प्रधानमन्त्री प्रचण्डले भने –‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बिमा ऐन ल्याइएको हो, तर बिमा कार्यक्रम त्यसको भावना र व्यवस्था अनुसार अघि बढेन। अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ग्यारेन्टी गर्ने काम उच्च प्राथमिकतामा हुनेछ।’

स्वास्थ्य बिमा ऐन अनुसार बिमाको प्रभावकारी कार्यान्वयनका लागि नीति गत र प्रक्रिया गत सुधार, बोर्डको क्षमता अभिवृद्धि, बलियो अनुगमन र मूल्यांकन संयन्त्र, बिमाको दायरामा वृद्धि र सबैको आबद्धता, उपचारका लागि अस्पताल लगायतका संरचना र सेवाको गुणस्तरमा व्यापक सुधार र जनशक्ति व्यवस्थापनका लागि सरकार तदारुकताका साथ लागिरहेको जानकारी समेत उनले दिए ।

प्रधानमन्त्रीले बिमाको हालको रकमको दायरा बढाइने र आधारभूत बाहेक हाल सञ्चालित सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बिमामा आबद्ध गरिने प्रतिबद्धता व्यक्त गरे ।

स्वास्थ्य बिमालाई केन्द्रमा राखी एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्ड अनुसार स्वास्थ्य प्रणालीको विकासमा जोड दिइने पनि उनले स्पष्ट गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!