डा. सन्तोष पौडेल लाई वीरको निर्देशक मा काम गर्न दिन सर्वोच्च को अन्तरिम आदेश


काठमाडौं — सर्वोच्च अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको निर्देशक बाट डा. सन्तोष पौडेललाई हटाएर डा. श्रवण कुमार थापालाई नियुक्त गर्ने स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको निर्णय कार्यान्वयनमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ ।

मंसिर १४ गते मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रीले डा. पौडेललाई वीर अस्पतालको निर्देशक बाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र तिल प्रसाद श्रेष्ठ को संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । निर्देशक पदमा दुई वर्षको समयावधि तोकेर नियुक्ति दिइएको व्यक्तिलाई सो समय भन्दा पहिले हटाउने निश्चित कानुनी प्रावधान पालना नगरेको बताउँदै स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगराउन संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिस्ट पार्टी एमालेको सदस्य र जन संगठन को महासचिव पदमा क्रियाशिल रहेको भन्दै निर्वाचन आयोगले आवश्यक कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । उक्त पत्रको आधारमा स्वास्थ्य मन्त्री बस्नेतले डा.पौडेल लाई वीरको निर्देशक पदबाट हटाउने निर्णय गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!