सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल को अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

सम्मेलनमा प्रा. डा. जगदिशप्रसाद अग्रवाल लाई मृगेन्द्र सम्झना मेडिकल गुठी को विशेष ओरेशन सम्मान प्रदान, डा. कुमुद भट्टराईलाई सर्वोत्कृष्ट पोस्टर पुरस्कार, डा. सागर पौडेललाई सर्वोत्कृष्ट ओरल प्रेजेन्टेसन पुरस्कार तथा डा. सन्दिप सापकोटा लाई ५० हजार रुपैयाँ को पोस्ट ग्य्राजुएट इन्भेष्टिगेटर अवार्ड प्रदान


काठमाडौं– इन्टरनल मेडिसिन विषयका विशेषज्ञहरूको राष्ट्रिय समाज ‘सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल’, (साईमन) को दुई दिने १५ औ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

नेपाल बाहेक बंगलादेश, भुटान, भारत, जापान, माल्दिभ्स, श्रीलङका, बेलायत, अस्ट्रेलिया गरी ४ सय ९० चिकित्सकहरू सहभागी रहेको सम्मेलनमा ४३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यपत्र प्रस्तुत गर्नेहरुमा बेलायतको रोयल कलेज अफ फिजिसियन एडिनबराका अध्यक्ष डा. एन्ड एल्डर, भारतको एसोसिएसन अफ फिजिसियन अफ इन्डियाका सभापति डा. गिरिश माथुर, श्रीलंका का श्रीलङ्का कलेज अफ इन्टरनल मेडिसिनका सभापति डा. कुमुदिनी जयसिंघे, बंगलादेश एसोसिएसन अफ फिजिसियन अफ बंगलादेशका महासचिव प्रा. डा. सोहेल महमुद अराफात लगायतका थिए ।

साईमनका सभापति प्रा. डा. अरुण मास्केको नेतृत्व मा गठित मूल समारोह समितिमा वैज्ञानिक समितिका सभापति प्रा. डा. शितल अधिकारी र सचिव डा. मुकुन्द प्रसाद काफ्ले थिए ।

चिकित्सकहरू लाई सम्मान र पुरस्कार 

सम्मेलनमा चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन तथा साईमनका पूर्व सभापति प्रा. डा. जगदिशप्रसाद अग्रवाल लाई मृगेन्द्र सम्झना मेडिकल गुठी को विशेष ओरेशन सम्मान प्रदान गरिएको थियो ।

यस्तै डा. कुमुद भट्टराईलाई सर्वोत्कृष्ट पोस्टर पुरस्कार, डा. सागर पौडेललाई सर्वोत्कृष्ट ओरल प्रेजेन्टेसन पुरस्कार तथा डा. सन्दिप सापकोटा लाई ५० हजार रुपैयाँ को पोस्ट ग्य्राजुएट इन्भेष्टिगेटर अवार्ड प्रदान गरिएको थियो ।

एफआरसिपी एडिन उपाधि प्रदान 

मंसिर १५ र १६ गते सम्पन्न सम्मेलनको अघिल्लो दिन रोयल कलेज अफ फिजिसियन एडिनबरा का अध्यक्ष डा. एन्ड्डु एल्डरले नेपालमा कार्यरत विशिष्ट शैक्षिक उपलब्धि हासिल गरेका केही चिकित्सकहरूलाई फेलो अफ रोयल कलेज अफ फिजीसियन एडिनबरा (एफआरसिपी एडिन) उपाधिले विभूषित गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!