‘सोसाइटी अफ सर्जन्स नेपालको नयाँ अध्यक्ष डा.रोमियो कंशाकार’

प्रा.डा.महेश खकुरेल, प्रा.डा.सिएल भट्टचन र प्रा.डा.अच्युत राज शर्मा लाई लाइफ टाइम अचिभमेन्ट एवार्ड


काठमाडौं– नेपाल शल्य चिकित्सक समाज (सोसाइटी अफ सर्जन्स नेपाल) ले डा.रोमियो कंसाकारको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । समाजको राजधानीमा शुरु भएको तिन दिने १५ औ अन्तरराष्ट्रिय सम्मेलन ले नयाँ कार्य समिति चयन गरेको हो । यस अघि शल्य चिकित्सक समाजका डा.शुनिल शर्मा अध्यक्ष थिए, उनी अझै सार्क सर्जिकल केयर सोसाइटीका अध्यक्ष छन् ।

दुई वर्षे कार्यकाल अन्तर्गत नव निर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्ष मा डा रविन जोशी,उपाध्यक्ष मा डा.विकल घिमिरे, महासचिव मा डा.शैल रुपाखेती र कोषाध्यक्ष मा डा.सुमिता प्रधान छन् ।

यस्तै सहसचिव अनिप जोशी, सह कोषाध्यक्षमा डा.रोशन धिमिरे र सदस्यहरूमा डा.प्रनिल राइ, डा.रुपेश मुखिया, डा.शुशिल ढुंगेल, डा.उत्सवमान श्रेष्ठ एवं डा.टंक बोहरा चयन भएका हुन ।

तिन नेपाली शल्य चिकित्सकलाई लाइफ टाइम अचिभमेन्ट एवार्ड 

नेपाल शल्य चिकित्सक समाजको १५ औं अन्तराष्ट्रिय सम्मेलनमा शुक्रवार तिन जना नेपाली शल्य चिकित्सक लाई लाइफ टाइम अचिभमेन्ट एवार्ड प्रदान गरिएको छ । लाइफ टाइम अचिभमेन्ट एवार्ड पाउने हरूमा प्रा.डा.महेश खकुरेल, प्रा.डा.सिएल भट्टचन र प्रा.डा.अच्युत राज शर्मा छन् ।

तिन शल्य चिकित्सक लाई मानार्थ सदस्यता 

अन्तरराष्ट्रिय सम्मेलनमा शुक्रवार तिन जना विदेशी शल्य चिकित्सकलाई शल्य चिकित्सक समाजको मानार्थ सदस्यता समेत प्रदान गरियो । यस अन्तर्गत श्रीलङकाका अर्थोपेडिक र ट्र्मा  शल्य चिकित्सक प्रा.डा.नरेन्द्र पिन्टो, पाकिस्तानका प्रा.डा.अब्दुल मजिद चौधरी र अष्ट्रेलियाका इन्डोक्राइन शल्य चिकित्सक प्रा.डा.क्रिस्टोफर पाइक लाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।

मुख्य अतिथिको सम्मान भट्टाचार्य र दली लाई 

प्रा.डा.सुदिप कुमार भट्टाचार्य सम्मेलनलाइ सम्वोधन गर्दे, तस्वीर– नेपाल हेल्थ प्रेस

सम्मेलनमा शुक्रवार मुख्य अतिथिको सम्मान ८८ वर्षीय शल्य चिकित्सक प्रा.डा.सुदिप कुमार भट्टाचार्य र ८५ वर्षिय शल्य चिकित्सक प्रा.डा.विश्वराज दली लाई प्रदान गरिएको हो । शल्य चिकित्सक समाजमा ५८० सदस्य छन । सबै विधाको शल्य चिकित्सकहरूको नेपालमा यो एक मात्र छाता संगठन हो । तर समाजको सदस्यहरूमा सबै भन्दा बढी सामान्य शल्यचिकित्सक छन । समाजको स्थापना सन १९९२ मा भएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!