काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्री गर्न निषेध


काठमाडौँ — काठमाडौँ महानगर पालिकाले अगामी मंसिर २७ गते देखी ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण निषेध गर्ने भएको छ ।

महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको हो ।

यस अन्तरगत चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरी मार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने बताइएको छ ।

२०८० सालमा जारी गरेको काठमाडौँ महा नगरपालिका जनस्वास्थ्य ऐन को दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्नसक्ने व्यवस्था छ ।

सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्य मा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा पनि यससम्बन्धी व्यवस्था छ । विसं २०६८ मा जारी भएको ऐनको दफा ४ मा सार्वजनिक स्थल (शिक्षण संस्था, विमान स्थल, बाल कल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुराँ, छात्रवास, व्यायाम शाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायतका स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गरिएको छ । ऐनले सार्वजनिक स्थलको चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंक फुड बिक्री वितरण गर्न निषेध गर्नसक्ने व्यवस्था छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!