स्वास्थ्य मन्त्रालय ले नर्सिङ, पारामेडिक्स र एमबिबिएस पठन पाठनको अनुमति सय बेड भन्दा माथिको अस्पताल हरू लाई दिने

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतका अनुसार यी निर्णयहरू कार्यान्वयन पछि मेडिकल शिक्षामा लाखौँ विद्यार्थीहरू नेपाल मै पठनपाठन गर्न पाउने छन् । यस्तै हजारौं को रोजगारी सृजना हुने, ठूलो सङ्ख्यामा युवा शक्ति विदेश पलायन रोक्ने अवस्था समेत आउने छ ।


काठमाडौं–स्वास्थ्य मन्त्रालय ले सय देखी तिन सय सम्म बेड भएको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू लाई पारामेडिक्स र नर्सिङ एवं तिन सय माथि बेड भएका हरूलाई नर्सिङ पारामेडिक्स र मेडिकल अधिकृत (एमबिबिएस) पठन पाठनको अनुमति दिने निर्णय गरेकोछ ।

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले उक्त निर्णय बुधवार (मंसिर ६ गते) गरिएको जनाउँदै निर्णयहरू कार्यान्वयनको पहलकदमी का लागि चिकित्सा शिक्षा आयोग लगायत सम्बन्धित निकायहरूमा पत्राचार भई सकेको समेत बताए ।

स्वास्थ्य मन्त्रालयले यसका लागि आवश्यक जनशक्ति, भौतिक संरचना र मेडिकल उपकरणहरूको विद्यमान व्यवस्था अनुसार सम्बन्धित अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान हरूले कुन कुन विषयमा, कुन कुन तहमा, कति कति विद्यार्थी पठनपाठन गर्न/गराउन सक्ने कुराको जानकारी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दिनको निमित्त पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

स्वास्थ्य मन्त्री बस्नेतका अनुसार यी निर्णयहरू कार्यान्वयन भए पछि मेडिकल शिक्षामा लाखौँ विद्यार्थीहरू नेपाल मै पठनपाठन गर्न पाउने छन् । यस्तै हजारौं को रोजगारी सृजना हुने, ठूलो सङ्ख्यामा युवा शक्ति विदेश पलायन रोक्ने अवस्था समेत आउने छ ।

यति मात्र नभइ विदेशी विद्यार्थी नेपाल आई अध्ययन गर्नाले विदेशी रकम समेत मुलुकमा भित्रिने र नेपाली विद्यार्थी नेपाल मै अध्ययन गर्नाले खर्बौ रकम मुलुक मै रहने अवस्था आउने दाबी स्वास्थ्य मन्त्री बस्नेत को छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!