पत्रकार अतुल मिश्र लाई नाष्ट को ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’


काठमाडौ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले ‘विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार अतुल मिश्र लाई प्रदान गर्ने भएको छ ।

५० हजार रुपैयाँ नगद र सम्मान पत्र सहित को उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधि को क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकार लाई प्रदान गरिन्छ । नाष्ट को ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो । तिन दशक देखी पत्रकारिता गर्दै आएका मिश्र गत २७ वर्ष देखि मुलुकमा मुख्य रूपले विज्ञान र स्वास्थ्य विषय मा कलम चलाउँदै आएका छन् ।

कान्तिपुर दैनिक का ‘चीफ सब एडिटर’ र सोसाइटी अफ हेल्थ केयर जर्नालिस्ट का अध्यक्ष रहेका मिश्र भारत लगायत विदेशी सञ्चार माध्यम मा समेत दुई दशक भन्दा बढी समय देखि लेख्दै आएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!