औँलाको कालो पन हटाउन चार प्रभावकारी घरेलु उपाय


हात खुट्टा को कालो पन सुन्दरता बिगार्छ । धेरै समय घाममा बस्नु, एलर्जी वा कुनै रोग आदि गरी यसका धेरै कारण हुन सक्छन् । आयुर्वेद मा आधारित यी घरेलु उपायले हात खुट्टाको कालो पन हटाउन सकिन्छ ।

१.कागती र गुलाफजल 

कागतीमा ब्लिचिङ गुण हुन्छ, जसले कालो पन हटाउन मद्दत गर्छ । गुलाफजल ले छालालाई मोइस्चराइज गर्छ ।

विधिः एक चम्चा कागतीको रस र एक चम्चा गुलाफजल मिसाएर पेस्ट बनाउनुहोस् । यो पेस्ट हात र खुट्टामा लगाउनुहोस् र १५–२० मिनेटको लागि छोड्नुहोस् । त्यसपछि पानीले धुनुहोस् ।

२.बेसार र गुलाफजल 

बेसारमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले छालालाई स्वस्थ र चम्किलो बनाउँछ।

विधिः एक चम्चा बेसार र एक चम्चा गुलाफजल मिसाएर पेस्ट बनाउनुहोस् । यो पेस्ट हात र खुट्टामा लगाउनुहोस् र १५–२० मिनेटको लागि छोड्नुहोस् । त्यसपछि सादा पानीले धुनुहोस् ।

३.सुन्तलाको बोक्रा 

सुन्तलाको बोक्रामा भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ, जसले छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।

विधिः सुन्तलाको बोक्रालाई सुकाएर पाउडर बनाउनुहोस् । यस पाउडरमा गुलाफजल मिसाएर पेस्ट बनाउनुहोस् । यो पेस्ट हात र खुट्टामा लगाउनुहोस् र १५–२० मिनेटको लागि छोड्नुहोस् । त्यसपछि सादा पानीले धुनुहोस् ।

४. काचो दूध

काचो दूधले छालालाई मोइस्चराइज गर्छ र कालोपन हटाउन मद्दत गर्छ ।

विधिः नुहाउनुअघि हात र खुट्टामा काचो दूध लगाउनुहोस् । १५–२० मिनेटपछि सादा पानीले धुनुहोस् । यी उपाय नियमित गर्नाले हात खुट्टाको कालोपनबाट छुटकारा पाउन सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!