स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला निलम्बित


काठमाडौं– सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला लाई तिन महिनाको लागि निलम्बन गरेको छ । स्वास्थ्य बिमालाई हानी गर्ने काम गरि रहेको भन्दै मन्त्रिपरिषदको बुधवारको निर्णय अनुसार बसौला लाई निलम्बन गरिएको हो ।

उन लाई शुक्रबार स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख भएको निलम्बनको पत्र समेत दिइएको छ ।

कार्यकारी निर्देशकको जिम्मेवारीमा राख्दा बिमालाई हानी पुग्नुका साथै निर्देशकले प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गरिएको विषय पनि पत्रमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयले यसअघि असोज ४ गते तीन दिनको म्याद दिएर बसौला लाई ११ बुँदे स्पष्टीकरण समेत सोधेको थियो । तर बसौलाले त्यसलाई स्पष्टीकरण को रुपमा न लिएको सार्वजनिक कार्यक्रम मै बताएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!