सरकार र स्वास्थ्य कर्मी बीच ६ बुँदे सहमति, पाँच दिनदेखि जारी आन्दोलन फिर्ता


काठमाडौं —आन्दोलन रत चिकित्सक लगायतका स्वास्थ्य कर्मी र सरकार बीच शनिवार अबेर साँझ ६ बुँदे सहमति भएको छ । दुवै पक्ष बीच झन्डै ५ घण्टा लामो वार्ता पछि शनिवार देखी नै आन्दोलनको सबै कार्यक्रम स्थगित गरेर नियमित काममा फर्कने भएका हुन ।

दुवै पक्ष बीचको सहमतिमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्र रमण सिंह र स्वास्थ्य कर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका हुन ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शनिवार साँझ भएको वार्तामा सहमति भएको गृह मन्त्रालयले समेत जनाएको छ । स्वास्थ्य कर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सहमति दुबै पक्ष बीच भएको हो । सोही ऐन अनुसार दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ । ऐन संशोधन गर्न सात दिन भित्र स्वास्थ्य मन्त्रालयले प्रक्रिया अघि बढाउने भएको छ ।

स्वास्थ्य कर्मीहरूले कुटपिटमा संलग्न व्यक्तिलाई न्यूनतम तिन वर्ष जेल सजाय हुनुपर्ने माग राखेका थिए । गृहमन्त्रीले सम्झौता लाई सरकारले कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत जनाए ।

पोखराको मणिपाल अस्पताल, लमजुङ अस्पतालमा चिकित्सक माथि भएको कुटपिट लगायत अन्य स्वास्थ्य निकायहरूमा स्वास्थ्य कर्मीहरू माथि भएको दुर्व्यवहार लगायतको विरोधमा मुलुकभरिका स्वास्थ्य कर्मीहरू पछिल्लो पाँच दिनदेखि आन्दोलन रत थिए । आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गर्दै आन्दोलन रतस्वास्थ्य कर्मीहरूले दोषीलाई कारबाही र स्वास्थ्य कर्मी सुरक्षाको सुनिश्चितता हुने माग अघि सारेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!