संसदीय समितिले भन्यो चिकित्सक का माग सम्बोधन गर


काठमाडौं —आन्दोलन रत चिकित्सकको माग वार्ता वाट  सम्बोधन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयलाई उक्त निर्देशन दिएको हो ।

स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भय रहित बनाएर निर्बाध सेवा दिने वातावरण तयार गर्न संसदीय समितिले स्वास्थ्य मन्त्रालय लाई भनेको हो । समिति का सभापति भानुभक्त जोशीले चिकित्सक माथि भएको दुर्व्यवहार को घटना प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको जनाए ।

जोशी ले समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमी बारे समिति सदस्य डा. तोसीमा कार्कीलाई आन्दोलन गरिरहेका डाक्टरलाई जानकारी गराउने जिम्मेवारी दिएको समेत उल्लेख गरे ।

सांसदहरू ले चिकित्सकहरू माथि सुरक्षाको खतरा बढेको भन्दै संसदीय समितिमा घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!