शुक्रवार देखी ‘तेस्रो एनएमए राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन’


काठमाडौं– तेस्रो एनएमए राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन ‘गुण स्तरीय स्वास्थ्य सेवाको प्रबर्द्धनः अवसर र चुनौती’, नारा सहित यही साता आगामी शुक्रवार (असोज १२ गते) देखि दुई दिन सम्म राजधानी काठमाडौंमा हुने भएको  छ ।

नेपाल चिकित्सक संघले उक्त सम्मेलनमा विषय विज्ञ, प्रबुद्ध वर्ग, नेतृत्व तथा सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा नीति गत विचार विमर्श को माध्यमले सैद्धान्तिक बहसको आयोजना हुने जनाएको छ ।

यस वर्ष संघको सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रा.डा. चोपलाल भुसाल लगायत उनको टोली, वैज्ञानिक समिति का अध्यक्ष डा.सरोजा पाण्डे कार्की, सम्मेलनको आयोजक सचिव एवं जर्नल अफ नेपाल मेडिकल एसोसिएसनका प्रमुख सम्पादक डा. एन्जल मगर र उनको टोली लगायत सबै चिकित्सक हरूको अथक प्रयासले सम्मेलन सम्भव भएको चिकित्सक संघले जनाएको छ ।

सम्मेलनको समुद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले गर्ने छन् भने विशेष अतिथिको रूपमा बाग्मती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी समेत उपस्थिति हुने चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीले बताए ।  सम्मेलनको मुख्य सन्देशमा विश्व स्वास्थ्य सङ्गठनका विषय विज्ञले ‘की नोट स्पीच’ दिने कार्यक्रम तय गरिएको छ ।

उक्त सम्मेलनमा नीति गत विचार विर्मस मार्फत सैद्धान्तिक बहसका लागि ५ वटा पूरक सन्देश छनौट गरिएको छ । यस अन्तर्गत दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, चिकित्सा विज्ञानको विकासका लागि खोज, अनुसन्धान तथा नव प्रवर्तन, स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, समान सेवाका लागि स्वास्थ्य प्रणाली स्तरीय स्वास्थ्य सेवाका लागि गुण स्तरीय शिक्षा रहेका छन् ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेन्डर इभेन्टको रूपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय बमोजिम यस वर्ष असोज १२ र १३ गते सम्मेलन हुने भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!