मरे पछि जीवित भए यी व्यक्ति, भने ती ७ मिनेटमा केके भयो, सास रोकिने बित्तिकै शरीरबाट निस्कन थाल्यो यी चीज, नियर डेथ एक्सपिरियन्स


हृदय घातका कारण मृत्यु भएका लन्डनमा बस्ने एक व्यक्ति ७ मिनेट पछि फेरी जीवित भएका छन् । अब उनले ती ७ मिनेटमा आफूलाई के कस्तो भयो भन्ने बारे विश्वलाई बताए ।

सास रोकिने बित्तिकै शरीरमा कस्तो हलचल भयो ? उनलाई कहाँ लगियो ? उनको शरीरमा के भइरहेको थियो र त्यसपछि उनको प्राण कसरी फर्कियो? यस्ता अनुभवहरू लाई जीवन पछिका अनुभव (आफ्टर लाइफ एक्सपिरियन्स) वा मृत्युको नजिकको अनुभव (नियर डेथ एक्सपिरियन्स) पनि भनिन्छ। उनको कथा सुनेर मानिसहरू छक्क परिरहेका छन् ।

मिररको रिपोर्टका अनुसार लन्डन निवासी शिव ग्रेवालले बताए अनुसार फरबरी ९ तारिख २०१३ मा उनलाई कार्डियाक एरेष्ट  ( एक्कासि मुटुले काम गर्न छोड्नु) भएको बताए । त्यति बेला उनी आफ्नो श्रीमती एलिसन सँग खाना खाइरहेका थिए ।

शिवले भने, ‘म लाई यति सम्झना छ की म लडेको थिए र मानिसहरूले मलाई उठाउन खोजिरहेका थिए । श्रीमतीले एम्बुलेन्स बोलाउन फोन गरिन तर त्यतिन्जेल ढिलो भइसकेको थियो । त्यसपछि मात्र केही पेरामेडिक्स आए र मेरो सास फेरि फर्कोस् भनेर सीपीआर दिन थाले । तर कुनै फाइदा भएन। म ७ मिनेट सम्म मृत रहेको थिए ।

मेरो दिमाग मरिरहेको थियो

शिवले भने, मलाई थाहा थियो कि म मरेको छु। मेरो दिमाग बिग्रदै थियो र म मद्दतको लागि चिच्याइरहेको थिए, केही चीजहरू मेरो शरीरबाट अलग भए जस्तो लाग्थ्यो। म शून्यमा छु भन्ने महसुस गर्दै थिए । यद्यपि, संवेदना र भावनाहरू महसुस गर्न सक्थे । म मरिसकेको छु भन्ने थाहा भए पनि फेरि जिउँदो हुने मौका छ भन्ने लाग्थ्यो । मैले पनि बुझिसकेको थिए कि मेरो पुनर्जन्म हुनेछ, तर म अहिले त्यो चाही रहेका थिएन । म मेरी श्रीमती कहाँ फर्कन चाहन्थें । मैले चर्को स्वरमा यो माग गरे र मेरो इच्छा अनुसार मलाई फेरी जीवित गरियो । यो ब्यूँझिएर सपना देखे जस्तो थियो ।

संसार सँग अनुभव बताउने इच्छा 

शिव ग्रेवाल रोयल सेक्सपियर कम्पनी सग सम्बद्ध अभिनेता हुन् । हालै उनले आफ्नो कला कृतिहरू प्रदर्शन गरे, जसमा मृत्यु पछि ७ मिनेटमा के भयो भनेर चित्रण गरेका छन् । शिवले भने, म सारा संसारलाई देखाउन चाहन्छु कि हामी मर्दा हाम्रो साथ के के हुन्छ। हामी कहाँ जान्छौँ, कुन व्यक्ति हरू सँग सम्पर्कमा आउँछौं ? यो जान्न धेरै महत्त्वपूर्ण छ। यसले मानिसको धारणामा परिवर्तन ल्याउनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!