सुष्मा कोइराला मेमोरियल अस्पताल लाई जापान सरकार द्वारा चिकित्सा उपकरण सहयोग


काठमाडौं – शंकरापुर नगरपालिका स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लाई जापान सरकारको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

जापान सरकारको ग्रासरुट हृयुमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) को लागि अनुदान सहायता अन्तर्गत, गम्भीर जलेका बिरामीहरूको लागि चिकित्सा उपकरण जडान गर्ने परियोजना अन्तर्गत नेपालका लागि जापानका राजदूत किकुता युताका उपस्थिति एक समारोह बिच स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

यस परियोजनाले छाला ग्राफ्ट सर्जरीको लागि दुई भेन्टिलेटर र एक अटोलोगस स्किन ग्राफ्ट एक्सपेन्डर प्रदान गर्‍यो ,जसलाई अस्पतालको आईसीयू र अपरेटिङ रुममा राखिएको छ ।

यस अवसरमा राजदूत किकुताले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई दिए । गम्भीर पोलेका बिरामीका लागि जटिलताहरू रोक्नको लागि तत्काल र विशेष उपचार को लागि यो परियोजना महत्वपूर्ण हुने समेत उनले औँल्याए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!