‘प्रधानमन्त्रीले भने,‘स्वास्थ्य मन्त्रीको राम्रो काम देखेर अन्य सबै मन्त्रीको आङ जिरिङ्ग हुन थाल्छ’


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले भने, मन्त्री परिषदको बैठकमा आफ्नो मन्त्रालयको ब्रिफिङ गर्न थाल्दा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत को राम्रो काम देखेर अन्य सबै मन्त्री को आङ जिरिङ्ग हुन थाल्छ ।

प्रधानमन्त्री दहाल ले स्वास्थ्य मन्त्री बस्नेतको पद बहाली पछि का १ सय दिनको अवसरमा शुक्रवार स्वास्थ्य मन्त्रालय द्वारा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन । स्वास्थ्य मन्त्री बस्नेतको कामको प्रशंसा गर्दै प्रधानमन्त्री दहालले भने–‘एउटा निकै नै इनरजेटिक र डाइनामिक मन्त्री को रूपमा उहाँ ले यो मन्त्रालय सम्हाले पछि काम लाई अगाडि बढाउनु भएको छ र उहाँ ले जति वेला मन्त्री परिषद् को बैठकमा स्वास्थ्य मन्त्रालयको कामको ब्रिफिङ गर्न थाल्नु हुन्छ सबै मन्त्रीको आङ जिरिङ्ग हुन्छ । उहाँ को राम्रो काम गरेको देखेर ।’

प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री बस्नेतको सय दिन पुग्दा न पुग्दै आफ्नो कर्म द्वारा आफ्नो नेतृत्व द्वारा केही कुरा मानक हरू स्थापित गरेको समेत बताए । उनले स्वास्थ्य मन्त्री लाई सफलता प्राप्त गर्न शुभकामना समेत दिए ।

स्वास्थ्य क्षेत्रमा आगामी ६ महिना भित्र देश र जनताले अनुभूति गर्ने गरी सरकारले धेरै गरेको कुरा प्रमाणित गर्ने जनाउँदै स्वास्थ्य मन्त्री बस्नेतले भने–‘ अब कुनै नेपाली लाई पैसाको अभाव मा मृत्यु हुने छैन ।’

उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतको पद बहाली पछि का १ सय दिनमा गरिएको १ सय ७ वटा कामहरू समेटिएको पुस्तक समेत सार्वजनिक गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!