सुनसरीमा डेंगु विस्फोट, कुल देखिएका मध्ये दुई तिहाइ संक्रमण सुनसरी जिल्लामा

गत वर्षको हटस्पट काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा जोखिम कम


काठमाडौं –मुलुकमा यो वर्ष हाल सम्म देखिएको डेँगुको कुल संक्रमण को झण्डै दुई तिहाइ सुनसरी जिल्लामा देखिएको छ । गत वर्ष हट स्पट को रुपमा देखिएको काठमाडौं, भक्तपुर, ललितपुर र चितवन जिल्लामा भने यस पटक डेंगु प्रकोप को रुपमा फैलिने सम्भावना न्यून रहेको विज्ञहरूले औँल्याएका छन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार हाल सम्म यो वर्ष मुलुक भरी देखिएको कुल ७ हजार २ सय ५२ संक्रमण मध्ये ६४.५१ प्रतिशत अर्थात् ४ हजार ६ सय ७९ संक्रमण सुनसरी जिल्लामा देखिएको हो ।

यस्तै गत वर्ष हट स्पटको रुपमा देखिएको काठमाडौं मा यो वर्ष हाल सम्म मुलुक भरी देखिएको कुल सङ्क्रमणको १.६४ प्रतिशत (११९केश), ललितपुरमा ०.५९ प्रतिशत(४३केश) भक्तपुरमा ०.४९ प्रतिशत(३६केश) र चितवन जिल्लामा ०.६४ प्रतिशत (४७केश) डेँगुको संक्रमण देखिएको छ ।

गत वर्ष डेंगु व्यापक प्रकोप कै रुपमा देखिएको जिल्लाहरूमा यो वर्ष खाँसै डेंगु संक्रमण न देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनी बताउँछन । गतवर्ष राजधानीको काठमाडौं, भक्तपुर र ललितपुर एवं चितवन जिल्ला डेँगुको हटस्पटको रुपमा देखिएको थियो ।

यो वर्ष वैशाख डेँगुले ७ जनाको मृत्यु प्रमाणित भएको सरकारी तथ्याङ्क छ । यी मृत्यु मध्ये १ जनाको गम्भीर डेंगु शक सिन्ड्र्रोमले र वाकी ६ जनाको डेंगु संक्रमण सँगै अन्य दीर्घ रोगहरू भएकोले मृत्यु भएको हो ।

६ जिल्लामा अझै डेँगु देखिएको छैन 

हाल सम्म डेंगु संक्रमण ७१ जिल्ला मा देखिएको छ । इडीसीडी को अनुसार हाल सम्म कालिकोट, हुम्ला, मुगु, प्यूठान, धनुषा र सोलुखुम्बु जिल्लामा डेंगु को केश देखिएको छैन । यस्तै मनाङ, रोल्पा, जाजरकोट, सल्यान गरी ४ जिल्लामा एक – एक जनामा मात्र डेंगु संक्रमण देखिएको छ ।

दुई जनामा संक्रमण देखिएको जिल्ला ८ वटा छन् । यस अन्तर्गत ओखलढुङ्गा, महोत्तरी, रौतहट, सिन्धुपाल्चोक, रुकुम पूर्व, नवलपरासी पश्चिम, जुम्ला, र डडेलधुरा गरी ८ जिल्लामा दुई/दुई जनामा डेंगु संक्रमण देखिएको हो । यस्तै हाल सम्म ३ जना संक्रमित देखिएका जिल्ला दोलखा र रसुवा हुन

कुन प्रदेशमा कति संक्रमण 

  • कोशी–५१०१ व्यक्तिमा संक्रमण–देश भरी देखिएको कुल सङ्क्रमणको ७०.३२ प्रतिशत
  • बाग्मती–११७१ व्यक्तिमा संक्रमण–देश भरी देखिएको कुल सङ्क्रमणको १६.१४ प्रतिशत
  • गण्डकी–३८९ व्यक्तिमा संक्रमण–देश भरी देखिएको कुल सङ्क्रमणको ५.३६ प्रतिशत
  • सुदूर पश्चिम–३४२ व्यक्तिमा संक्रमण– देश भरी देखिएको कुल सङ्क्रमणको ४.७१ प्रतिशत
  • लुम्बिनी–१९१ व्यक्तिमा संक्रमण– देश भरी देखिएको कुल सङ्क्रमणको २.६३ प्रतिशत
  • मधेश– ३२ व्यक्तिमा संक्रमण– देश भरी देखिएको कुल सङ्क्रमणको ०.४४ प्रतिशत
  • कर्णाली–२७ व्यक्तिमा संक्रमण– देश भरी देखिएको कुल सङ्क्रमणको ०.३६ प्रतिशत

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!