महामारी व्यवस्थापन सम्बन्धित विभिन्न कानुनी व्यवस्था एकीकृत गर्नु आवश्यक


काठमाडौं– विज्ञहरूले महामारी व्यवस्थापन सँग सम्बन्धित विभिन्न कानुन मा रहेको व्यवस्थालाई एकीकृत गरेर संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रको स्पष्ट सीमांकन सहित महामारी व्यवस्थापन सम्बन्धी एकीकृत कानुन बनाउनु आवश्यक रहेको बताएका छन ।

पब्लिक पोलिसी पाठशाला द्वारा आइतवार आयोजित महामारीमा सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धी नीति पत्रमा पत्रकार अन्तरक्रिया कार्यक्रम उक्त कुरा बताइएको हो ।

पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेलले महामारीमा सामाजिक स्वास्थ्य सुरक्षा विषयक नीति पत्र प्रस्तुत गर्दै हाल मुलुकमा सामाजिक सुरक्षा सँग सम्बन्धित ७४ कार्यक्रम रहे पनि एकत्रित रूपमा नरहेको बताए ।

महामारी विपद् व्यवस्थापन सँग सम्बन्धित हाल रहेका भिन्न भिन्न संरचनाले गर्दा व्यवस्थापन र समन्वय मा भएको अलमल हटाउन कानुनी रूपमा महामारी व्यवस्थापन सम्बन्धी छुट्टै स्थायी संरचना बनाइ स्रोत साधन उपकरण र जनशक्ति को व्यवस्था गर्नु आवश्यक रहेको समेत पौडेलले बताए ।

यस्तै हालको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई थप परिष्कृत गर्दै जनस्वास्थ्य को क्षेत्रमा स्रोत सम्पन्न, स्वतन्त्र र प्रभावकारी संस्थाको रूपमा विकास गर्न एउटा ‘राष्ट्रिय महामारी, संक्रमण तथा रोग नियन्त्रण केन्द्र स्थापना गर्नु उपयुक्त हुने सुझाव समेत दिइयो ।

उक्त कार्यक्रममा पब्लिक पोलिसी पाठशालाका निर्देशक कृष्ण रिजालले विपद् अवस्थाको नियम कानुन, प्रकृया र समाधानको उपाय फरक हुनु पर्ने बताए । कार्यक्रममा स्वास्थ्य पत्रकारहरूले समेत महामारी मा स्वास्थ्य सुरक्षा विषयमा आ–आफ्नो धारणा साझा गरेकाथिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!