डेंगु ज्वरो र गम्भीर डेंगुका लक्षण के के हुन? मुलुक भरी देखिन थाल्यो डेंगु


काठमाडौं–अहिले मुलुकको ६९ जिल्लामा दिउसो टोक्ने लामखुट्टे ले सार्ने रोग डेंगु को जगजगी छ । यस्तो अवस्थामा यो सङ्क्रमणले शरीरमा देखिने लक्षणहरू बारे जान्नु धेरै आवश्यक छ ।

अहिले सुनसरी जिल्लामा त अन्य जिल्लाको दाँजोमा सबै भन्दा बढी डेंगु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा को पछिल्लो तथ्याङ्क अनुसार सन २०२३ मा हाल सम्म सुनसरीमा २५४२ केस, धादिङमा ४०१ केस , कास्की मा २०५ केस, दार्चुलामा १९० केस, काठमाडौं मा ८० केस, सङ्खुवासभामा ६४ केस, म्याग्दीमा ५४ केस, कञ्चनपुरमा ५२ केस , रूपन्देहीमा ४५, मोरङमा ३८ केस देखिएको छ । ६९ जिल्लामा यो वर्ष ४२८९ डेंगु को संक्रमण देखिएको छ ।

आगामी दिनहरूमा डेंगु को संक्रमण ७७ जिल्लामा देखिन सक्ने सम्भावना छ । उसो पछिल्लो दुई महिनामा डेंगु को संक्रमणमा अत्यधिक बृद्घि देखिएको हो । यो बृद्घि आउँदो समयमा भने अझ बढी हुने छ । किन भने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार डेंग को प्रसारण प्रायः वर्षा को समय मा र पछि धेरै बढी हुन्छ ।

डेंगु ज्वरो को लक्षण

डब्लुएचओ को अनुसार डेँगुले फ्लू (रुघा) जस्तो लक्षणहरू निम्त्याउँछ र यो लक्षण २ देखी ७ दिन सम्म रहन्छ । डेंगु ज्वरो सामान्यतया संक्रमित लामखुट्टे ले टोकेको ४ देखी १० दिन पछि देखिन थाल्छ । यस अन्तर्गत उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट) सँगै तल वर्णन गरिएका कम्तीमा थप दुई लक्षण हरू सँग हुन्छ ।

  • टाउको दुखाइ
  • आँखा को गेडी दुख्नु
  • वाकवाकी, वान्ता
  • सुन्निएको ग्रन्थिहरू
  • जोर्नी, हड्डी वा मांसपेशी दुखाइ
  • डाबर

गम्भीर (सिभियर) डेंगु

डब्लुएचओको अनुसार जब बिरामीमा गम्भीर डेंगु को विकास हुन्छ तव बिरामीको पहिलो लक्षण देखिएको ३ देखी ७ दिन पछि गम्भीर चरण शुरु हुन्छ । यस अन्तर्गत बिरामीको शरीरको तापक्रम कम हुन्छ , तर यसको अर्थ यो होइन की बिरामी निको भइ रहेको छ । अर्को तर्फ तल लेखिएका चेतावनीको सङ्केतहरू मा विशेष ध्यान दिनु पर्छ । किनभने यसले गम्भीर डेंगु निम्त्याउन सक्छ ।

  • तीव्र पेट दुखाइ
  • लगातार वान्ता हुनु
  • गिजाबाट रगत बग्नु
  • रगत वान्ता हुनु
  • छिटो छिटो सास फेर्नु
  • थकान, बेचैनी

डब्लुएचओ को अनुसार जव कुनै व्यक्तिमा गम्भीर डेंगु को शंका भए , प्रभावित व्यक्ति लाई तुरुन्त अस्पतालको आकस्मिक कक्ष वा स्वास्थ्य सेवा प्रदायक नजिक लिएर जानु पर्छ । किनभने यो अवस्थाले तल उल्लेखित अवस्था निम्त्याउन सक्छ ।

  • प्लाज्माको चुहावटले स्वास प्रश्वासको समस्या, तरल पदार्थ जम्मा हुनु वा शक हुन सक्छ
  • गम्भीर रक्तस्राव
  • गम्भीर अङ्ग सम्बन्धी क्षति

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!