शनिवार कोरोना संक्रमण दर ११. ८४ प्रतिशत / २ जनाको मृत्यू


काठमाडौँ — नेपालमा शनिबार ३ हजार ६ सय ९९ नमुना परीक्षण गर्दा ११ . ८४ प्रतिशत अर्थात ४ सय ३८ जनामा कोरोना  संक्रमण देखिएको छ । संक्रमण ले २ जनाको मृत्यु समेत भएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ७ सय ७९ नमुनाको पीसीआर गर्दा २ सय ९२ र १ हजार ९ सय २० नमुना को एन्टीजेन परीक्षण गर्दा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा २ सय ७७ जना संक्रमणमुक्त भएका छन । शनिबार सम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ६९ पुगेको छ । २४ घण्टामा ५८ हजार ५ सय ५९ जनाले खोप समेत लगाएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!