हातले खानु राम्रो वा चम्चाले ?


आजकल मानिसहरू चम्चाले खाना खान रुचाउँछन् । तर पहिले जताततै हातले नै खाना खाने चलन थियो । यस्तो अवस्थामा खाना खाने कुन कुन तरिका राम्रो, भन्ने प्रश्न उठ्छ । हातले खानु राम्रो कि चम्चाले ?

वास्तवमा विज्ञानका अनुसार चम्चाको सट्टा हातले खाना खानु बढी फाइदाजनक हुन्छ । आयुर्वेद को अनुसार हातको पाच औलामा पाच वटा बिन्दुहरू हुन्छन् । जस्तै बूढी औंलाले अग्नि (आगो) सँग जोडिन्छ । तर्जनीले वरुण (वायु) सग जोड्छ। बीचको औंला आकाश (स्पेस) सँग जोडिन्छ । अनामिका औंला पृथ्वी सँग जोडिएको छ। कान्छी औंला जल (पानी) सग जोडिन्छ।

यी पाच बिन्दुहरू मिसाएर खाना खादा यसले सम्पूर्ण शरीरका विभिन्न अंगहरूलाई असर गर्छ। यसले पाचन प्रणालीलाई मात्र स्वस्थ राख्दैन, केही अंगहरूको कार्यप्रणालीमा पनि सुधार गर्छ। त्यसैले चम्चाले खानुभन्दा हातले खाना खानु बढी फाइदाजनक हुन्छ ।

हातले खाना खानुको फाइदा

पाचन क्रिया सही रहन्छ

हातले खाना खादा पाचन क्रिया ठीक रहन्छ । वास्तवमा, हाम्रो हातमा ‘नर्मल फ्लोरल’, नाउ गरेको ब्याक्टेरिया हुन्छ । जुन हाम्रो हातको हत्केला र औँलाहरूमा पाइन्छ। यी हानिकारक हुदैनन तर शरीरमा विभिन्न हानिकारक सूक्ष्मजीवहरूबाट हामीलाई बचाउँछन्। आयुर्वेदका अनुसार, जब तपाईं आफ्नो मुखमा खाना राख्नुहुन्छ, तपाईंले योग मुद्रा को रूपमा आफ्नो औँलाहरू घुमाउनु हुन्छ, जसले खाना छिटो पचाउँछ।

रक्त सञ्चार सही गर्न सघाउँछ

हातले खाना खादा शरीरको रक्तसञ्चार ठीक रहन्छ । यसबाहेक, तपाईंले आफ्नो हात चलाउँदा शरीरमा धेरै चीजहरू परिवर्तन हुन्छन् । त्यसैले शरीरको रक्तसञ्चार ठीक राख्न चाहनुहुन्छ भने हातले खाना खानुहोस् ।

औंलाले खाने पदार्थको तापमान बताउँछ

जब तपाईं खाना खानुहुन्छ, तपाई औँलाहरू को माध्यम ले खानाको तापक्रम महसुस गर्नुहुन्छ। यसले तपाईंको दिमागलाई खाने कुराको लागि तयार गर्छ। आयुर्वेद अनुसार हातले खाना खादा, शरीरले आवश्यक इन्जाइमहरू उत्पादन गर्छ र यसले तपाईंको खाना छिटो पचाउँछ


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!