‘बिए.५’, सब भेरिएन्ट ले अन्य लाई प्रतिस्थापित गर्दै

कोभिड संक्रमणमा दिनहुँ तिव्र विस्तार, दैनिक संक्रमण दर ६.६ प्रतिशत, सकृय संक्रमित हजार नाघे


काठमाडौं– मुलुकमा कोभिड संक्रमण हरेक दिन बढ्दो क्रममा देखिनुको साथै ओमिक्रोन को ‘बिए.१’, र ‘बिए.२’, सव भेरिएन्ट लाइ ‘बिए.५’, सब भेरिएन्टले प्रतिस्थापित गर्दैछ ।सकृय संक्रमित को संख्या समेत एक हजार ५ पुगेको छ । देशभरीमा बुधवार २०६ जनामा कोभिड संक्रमित देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार पिसिआर र एन्टिजेन गरी ३ हजार १ सय १७ नमुनाको परिक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।यसरी हेर्दा बुधवार दैनिक कोभिड संक्रमण दर ६.६ प्रतिशत र सक्रिय संक्रमितको संख्या १ हजार ५ पुगेको छ ।

‘मुलुकमा कोभिड संक्रमण बढदो क्रममा छ’, स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले बुधवार भने–‘हाल मुलुकमा मुख्य रुपमा देखिँदै आएको ओमिक्रोनको ‘बिए.१’, र ‘बीए.२’, सव भेरिएन्टलाइ ‘बिए.५’, भेरिएन्टले प्रतिस्थापित गर्दै फैलिरहेको छ । यो बढी सङ्क्रामक छ ।’

विश्वभर कोरोना भाइरसको ‘बिए.५’ भेरियन्टमा फैलिएको र संक्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न आवश्यक रहेको डा.अधिकारीले बताए ।

उपत्यकामा बुधबार १२५ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ जनामा संक्रमण देखिएको छ ।काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ६९४ पुगेको छ । यो देश भरीमा रहेको कुल सकृय संक्रमितको ६९.०५ प्रतिशत हो ।

हाल होम आइसोलेसन ९ सय ८४ र संस्थागत आइसोलेसन २१ जना छन् । कोभिड संक्रमित १२ जनाको आइसीयु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!