लामखुट्टे ले हैरान ? घरमा रोप्नुहोस् यी पाँच बिरुवा, लामखुट्टे छेउछाउ मा आउँदैन


लामखुट्टे भगाउन मस्क्युटो रिपलेन्ट, लामखुट्टेका भगाउने धुप आदिको प्रयोगको सट्टा घरमा यी पाच बिरुवा रोप्नुहोस्, यसले तपाईंको स्वास्थ्यलाई समेत हानी गर्दैन । लामखुट्टेको टोकाइले धेरै रोगको जोखिम बढाउँछ । डेगु र मलेरिया जस्ता रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यी रोगहरूले हाम्रो प्रतिरक्षा र तागत लाई गम्भीर रूपमा असर गर्छ । जसबाट शरीरलाई निको हुन पनि लामो समय लाग्छ । यस बाहेक यी लामखुट्टेले हामीलाई राती निद्रा लाग्न नदिई हैरान पार्छ । यसको साथमा, तिनिहरूको टोकाइले छालामा रातो दागहरू पनि निम्त्याउँछ । कैयौँ पटक यी लामखुट्टेको आतंक यति बढ्छ कि लामखुट्टे भगाउने आधुनिक मेसिन, क्वायल आदि पनि तिनीहरूको अगाडि कमजोर बन्न पुग्छन् । यस्तो अवस्थामा लामखुट्टेको आतंक कम गरेर शान्त निन्द्रा पाउन के गर्ने भन्ने कुरामा मानिसहरू निकै चिन्तित हुन्छन् ।

के तपाइँलाई थाहा छ, घरमा केही बिरुवा रोप्दा लामखुट्टेबाट टाढा रहन सकिन्छ ? हो, धेरै बिरुवाहरूको गन्ध एकदम तीखो हुन्छ । तिनिहरूलाई घरमा लगाउनाले लामखुट्टेलाई टाढा राख्न मात्र मद्दत गर्दैन, यसले घरको सुन्दरता समेत बढाउँछ ।

१. लेमन ग्रास

यस बिरुवाको अम्लीय गन्धले तपाईंलाई राम्रो महसुस गराउन सक्छ, तर लामखुट्टे ले यो गन्ध ले धेरै हैरान बनाउँछ । ऊनी हरू यो बिरुवाको वरिपरि आउँदैनन् । यो एक अद्भुत बिरुवा हो, जुन स्वास्थ्य को लागी धेरै लाभदायक छ । तपाई यसलाई जूस वा चियाको रूपमा पनि सेवन गर्न सक्नुहुन्छ ।

२. पुदिना

मानिसहरू आफ्नो घरमा पुदिनाको बिरुवा रोप्छन्। मानिसहरूले यसको पातहरू आफ्नो आहारमा धेरै तरिकामा समावेश गर्दन । तर यो लामखुट्टे भगाउने औषधि मा समेत यसको प्रयोग गरिन्छ । हामीले भान्सामा पुदिना राख्दा लामखुट्टे टाढा रहने कुरा तपाईंले प्राय देख्नु भएको होला ।

३. रोजमेरी

यो बोटमा काठ को सुगन्ध हुन्छ , जसले लामखुट्टेलाई भगाउँछ । यो बिरुवालाई पर्याप्त पानी दिनुहोस् र घाममा राख्नुहोस् । तर आवश्यकता भन्दा बढी पानी दिन बाट जोगिनुस् ।

४. लेभेन्डर

यो बिरुवा हेर्न मा धेरै सुन्दर हुन्छ । यसले लामखुट्टेलाई भगाउँछ । तर, यो बिरुवा लाई घर बाहिर लगाइन्छ । यसलाई उचित सूर्यको किरण चाहिन्छ ।

५. तुलसी

तुलसीलाई सामान्यतया घरको आँगनमा रोप्न सल्लाह दिइन्छ । किनकी यसलाई प्रत्यक्ष सूर्यको प्रकाश पनि चाहिन्छ । यो धेरै लाभदायक बिरुवा हो। साथै, यसको आध्यात्मिक महत्व समेत छ । मानिसहरू ले यसको सेवन धेरै रोगहरू निको पार्न गर्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!