फोनमा लामो समय कुराकानी बढाउँदै छ मुटु रोगको खतरा


युरोपियन सोसाइटी अफ कार्डियोलजी जर्नलमा प्रकाशित एउटा अनुसन्धान अनुसार घण्टौं मोबाइलमा कुरा गर्नेहरूको मुटु रोगको शिकार हुन सक्छन् । यति मात्र नभइ उच्च रक्तचाप समेत हुन सक्छ ।

घण्टौं सम्म फोनमा कुराकानी गर्नु तपाइको कान र मस्तिष्क मात्र नभइ मुटु र रक्तचापको समस्या बढाउन सक्छ । घण्टौं मोबाइल मा कुरा गर्नाले उच्च रक्तचापको शिकार हुन सक्नु हुन्छ , जसले हर्ट एटैक देखि लिएर स्ट्रोक को खतरा बढाउँछ । अनुसन्धानको दाबी अनुसार जति घण्टा मोबाइलमा कुरा गरेर समय बिताउनु हुन्छ त्यति नै मुटु रोगको खतरा बढ्छ  ।

अनुसन्धान अनुसार विश्व मा फोनको उपयोग तीव्र गतिले बढी रहेको छ । १० वर्ष भन्दा बढीको उमेरका करिव ३ चौथाइ व्यक्ति मोबाइल फोन उपयोग गर्छन् । त्यही करिव ३० देखी ७९ वर्षका १ अर्ब २८ करोड व्यक्ति उच्च रक्तचापको शिकार छन । यो रोग ब्लड सर्कुलेसन बढाएर हर्ट एटैक देखि लिएर स्ट्रोक सम्मको खतरा उत्पन्न गर्छ । यही कारणले विश्व भरीमा हर्ट एटैक देखि लिएर स्ट्रोक को कारणले मृत्युको तथ्याङ्क बढ्दो छ ।

अनुसन्धान अनुसार मोबाइल फोनमा रेडियो फ्रिक्वेन्सी ऊर्जाको निम्न स्तर लाई उत्सर्जन गर्छ । यो सर्ट टर्म एक्सपोजर सँगै रक्त चाप बढाउने कारण हुन सक्छ । मोबाइल फोनको बढी उपयोग मुटु लाई प्रभावित गर्छ । यसको दाबी पहिले भएका अध्ययनहरू मा समेत गरिएको छ । जसमा मानिएको छ की मोबाइल मा घण्टौं म्यासेज र गेम खेल्नु खतरनाक छ ।

रिपोर्टको अनुसार फोन कल गर्नु देखि लिएर रिसिभर र नयाँ हाइपरटेन्सन (उच्च रक्तचाप) को बिच के सम्बन्ध छ, यसको जाँच गरियो । यो रिसर्चमा युके बायो बैक को तथ्याङ्कको उपयोग गरियो । साथै अनुसन्धानमा उच्च रक्तचापको ३७ देखि ७३ वर्षको  २ लाख १२ हजार व्यक्ति लाई सामेल गरियो ।  सबै व्यक्ति को कल गर्नु देखि लिएर रिसिव गर्ने तथ्याङ्क तयार गरियो । सबै को मोबाइलमा कुरा गर्ने समय समेत नोट गरियो । सँगै केही व्यक्तिलाई फोन भन्दा टाढा राखियो । अनुसन्धानमा सामेल ८८ प्रतिशत व्यक्ति लाई उच्च रक्तचापको समस्या देखियो । यसमा ६२ प्रतिशत महिला थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!