भाइरल ज्वरोका कारण एमाले अध्यक्ष ओली चुनावी कार्यक्रममा सहभागी नहुने


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टि (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भाइरल ज्वरोका कारण आफ्नो स्वास्थ्य मा समस्या आएको बताएका छन् । आइबार अपराह्न सामाजिक सञ्जालमा ओलीले ज्वरोका कारण एन्टिवायोटिक खाएर घरमै आराम गरिरहेको समेत जनाएका हुन ।

उनले अवस्थ भएको कारण वैशाख १० गते हुने उप निर्वाचनका लागि पार्टीका कार्यक्रमहरुमा सहभागी हुन नसकेको समेत स्पष्ट पारेका छन् ।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु,’ ओलीले फेसबुक पोस्टमा लेखेका छन – ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन ।’

ओली ले तनहुँ–१ मा सर्वेन्द्र खनाल, चितवन–२ मा रामप्रसाद न्यौपाने एवं बारा–२ मा पुरुषोत्तम पौडेललाई विजयी गराउन मतदाता हरु लाई आह्वान समेत गरेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!