नेपाली,भारतीय मा पश्चिमेली को दाँजो एक दशक अघि नै मधुमेह र यसको जटिलता


काठमाडौं– दक्षिण एसिया का इन्डोक्राइनोलजिष्ट ( इन्डो क्राइन ग्रन्थी र हर्मोन सम्बन्धी विज्ञ) हरूले नेपाल, भारत, पाकिस्तान, श्रीलंका लगायत दक्षिण एसियाका मुलुकहरूमा पश्चिमेली व्यक्तिको दाँजोमा १० वर्ष अघि नै मधुमेह र यसको जटिलता समेत देखिने भएकोले यस क्षेत्रका वासिन्दाले थप स्वास्थ्य सतर्कता अपनाउनु पर्ने बताएका छन् ।

राजधानीमा शुक्रवार देखि शुरु भएको दुई दिने साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनमा विज्ञहरूले उक्त कुरा बताएका हुन । सम्मेलनमा विभिन्न मुलुकहरूको विज्ञले मधुमेह, थाइराइड, मोटोपना तथा अन्य हर्मोन सँग सम्बन्धित रोगहरूको बारेमा अनुसन्धानमुलक कार्य पत्रहरू समेत प्रस्तुत गरेका थिए ।

साउथ एसियन फेडेरेसन अफ इन्डोक्राइन सोसाइटिज (साफिस) का प्रेसिडेन्ट इलेक्ट भारतका डा.संजय कार्ला ले नेपाली, भारतीय लगायत दक्षिण एसियालीहरूमा युरोपेली, अमेरिकनको दाँजोमा उमेरको १० वर्ष अघि नै मधुमेह हुने र यसको जटिलता देखिने गरिएको बताए । मधुमेह आनुवंशिक र खराब जीवन शैलीको कारणले हुन्छ ।

‘जापान या ताइवानमा बस्ने पूर्वी एसियामा हुने हरूको प्यांक्रियाज सानो हुन्छ । प्याङ्क्रियाजमा ‘वि सेल्स वा बिटा सेल्स’ सानो हुन्छ’, डा.कार्लाले भने–‘उनिहरुलाइ इन्सुलिनका कमी हुन्छ ।’ उसो युरोप, युके, युएसए लगायतका ठाउमा वस्नेहरु मा इन्सुलिन रेसिस्टेन्स बढी हुने औँल्याउदै डा.कार्लाले अगाडि थपे–‘हामी नेपाल, भारत लगायत दक्षिण एसियाका हरू लाई इन्सुलिनको कमी र इन्सुलिनको रेसिस्टेन्स गरी दुवै समस्या देखिन्छ । यसैले हामी कहाँ मधुमेह र मधुमेहको जटिलता पनि १० वर्ष अघि नै हुन्छ ।’

जव शरीरको प्याङ्क्रियाजमा इन्सुलिनको कमी भए पछि अर्थात कम मात्रामा इन्सुलिन पुगे पछि रगतमा ग्लुकोजको मात्रा पनि बढी हुन्छ । यही अवस्थालाई मधुमेह भनिन्छ । विज्ञहरूको अनुसार इन्सुलिन एक प्रकारको हर्मोन हो । जो शरीर भित्र पाचन ग्रन्थीमा निर्माण हुन्छ । यसको काम भोजनलाई उर्जाको रुपमा परिवर्तित गर्नु हो ।

यस्तो अवस्थामा यो कुराको विशेष ध्यान राख्नु पर्छ की मधुमेहको बिरामी कति खेर र के खाओस । यसले ब्लड सुगर नियन्त्रित रहन्छ । यसको लागि चिकित्सकले औषधि दिन्छन् । थुप्रै घरेलु उपाय समेत छन जसको सहयोगले मधुमेहलाइ नियन्त्रणमा राख्न सकिन्छ ।
डा.कार्लाले पश्चिमेली हरुको दाँजोमा नेपाली, भारतीय लगायतका लाई मधुमेह नियन्त्रणमा राख्न अलि बढी काम र स्याहार आवश्यक हुने समेत बताए ।

‘यसको अर्थ यो होइन की हामी मधुमेह वाट हार मानौं । हामीलाई पश्चिमाहरूको दाँजोमा मधुमेह नियन्त्रणमा राख्न अलि बढी काम र स्याहार गर्नु पर्ने आवश्यकता छ’, डा.कार्ला ले भने–‘त्यस पछि हामी स्वस्थ हुन्छौ । हामीले यो विषयमा समुदायलाई शिक्षित समेत पार्नु पर्छ ।’

डाइबिटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन अफ नेपालको सल्लाहकार इन्डोक्राइनोलजिष्ट डा.सत्येन राजभण्डारी को अनुसार नेपालमा मधुमेहको मुख्य कारण मोटोपना हो । ‘तौल घटाउँदा यो समस्या सँग जुध्न सकिन्छ । हामीले १५ किलो तौल घटाउँदा मधुमेह जान्छ । समस्या हुदैन’ डा. राजभण्डारी एक किलो तौल घटाउनु समेत महत्वपूर्ण रहेको औँल्याउदै भन्छन–‘५ किलोग्राम तौल घटाउँदा ५० प्रतिशत मधुमेहको जोखिम घट्छ ।’ उनले सकारात्मक जीवन शैली ले मधुमेह नियन्त्रणमा फायदा पुग्ने र यसको उपचार समेत व्यक्ति विशेष कै मुठ्ठीमा रहेको बताउछन ।

साफिसका सचिव डा.सन्तोष शाक्य ले नेपालको शहरी क्षेत्रमा मधुमेहको प्रसार १५ प्रतिशत र ग्रामीण क्षेत्रमा ५–७ प्रतिशत रहेको बताउँछन् । नेपाली समाज परिवर्तित भइरहेको ले पछिल्लो समय तनाव समेत मधुमेह जोखिमको प्रमुख समस्याको रुपमा देखिएको डा.शाक्य औँल्याउँछन् ।

विज्ञहरूले नेपाल, भारत, वंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका मुलुकहरूको मोटोपनाको ढाँचा युरोपेली मुलुकको व्यक्तिहरू सँग समान नभएको बताए । मधुमेह रोगमा रोकथामको दृष्टिकोण अपनाउनु पर्ने जनाउँदै विज्ञहरूले स्थानीय व्यक्तिहरूलाई शिक्षित पारेर मधुमेह रोग लाग्न दिन वाट रोक्नु पर्ने र रोग भइ सकेकाहरु लाई नियन्त्रणमा राख्न जनचेतना जगाउनु पर्ने वताए ।

मोटोपना देखिने समस्याको परिणाम मधुमेह रहेको जनाउदै साफिसको अध्यक्ष डा.डिना श्रेष्ठ ले हाल मोटो देखिएका बच्चा , युवा मध्ये धेरै जना भविष्यमा मधुमेहबाट पीडित हुन सक्ने जनाइन । डा.श्रेष्ठले नेपालीहरु पश्चिमेली को तुलनामा जेनेटिकली फरक भएकोले युरोप अमेरिकाको नतिजाहरू सत प्रतिशत यहाँ लागु हुन नसक्ने समेत जनाइन ।

साफिस(साउथ एशियन फेडेरेशन अफ इन्डोक्राइन सोसाइटीज ), दक्षिण एसियाली राष्ट्रहरुमा रहेका इन्डोक्राइन एसोसिएसन हरूको छाता संगठन हो ।यस संस्थामा इन्डोक्राइन सोसाइटि अफ वंगलादेश, भारत, नेपाल, अफगानिस्तान, श्रीलंका , पाकिस्तान र माल्दिव्स संलग्नछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!