खानाको स्वाद बढाउनुका साथै मधुमेह पनि सही पार्छ यो सुकेको पात, जान्नुहोस् सेवन गर्ने तरिका

सुक्खा तेज पत्ता जसले खानामा स्वाद र सुगन्ध बढाउँछ, मधुमेह देखि पाचन प्रकृयामा समेत सुधार ल्याउँछ । यसको नियमित सेवनले ब्लड सुगर लाई नियन्त्रित गर्छ ।


नेपालीहरूले खानाको स्वाद बढाउन कडा मसला हरूको प्रयोग गर्छन् । यस मध्ये तेज पत्ता जस लाई अङ्ग्रेजीमा ‘बे–लिफ’ भनिन्छ पनि प्रयोग गरिन्छ । तेजपात ले खानामा ज्यान हाल्छ । यसलाई खाँदा स्वाद सँगै सुगन्ध र फ्लेभर पनि आउँछ । तर के तपाई लाई थाहा छ यो सुकेको पात स्वादको साथै स्वास्थ्यका लागि पनि निकै फाइदा जनक हुन्छ ।

यसमा प्रचुर मात्रामा पौष्टिक तत्त्व पाइन्छ, जसले हड्डीलाई बलियो बनाउनु को साथै निको नहुने रोग मधुमेहलाई समेत नियन्त्रित गर्छ । खराब खानपान र जीवन शैलीका कारण शरीरमा लाग्ने यो रोगले घातक रूप लिदा ज्यान समेत लीन सक्छ । तर, आहार विहारमा परिवर्तन गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ । यसमा तेज पत्ता एउटा अत्यन्त राम्रो उपाय हुन सक्छ । घर मै बसेर भान्सामा पाइने तेज पत्ता को उचित रूपले सेवन गरेर मधुमेह लाई नियन्त्रित गर्न सकिन्छ ।

तेज पत्तामा पाइने पौष्टिक तत्त्व र यसको प्रयोगको विधि
खानाको स्वाद बढाउने पोषक तत्त्वले भरिपूर्ण, तेज पत्ता मा एन्टिअक्सिडेन्टका साथै फलाम, तामा, सेलेनियम, क्याल्सियम र पोटासियम समेत थुप्रै पोषक तत्त्वहरू पाइन्छन् । यही कारण हो कि तेज पातले मधुमेह सहित धेरै रोगहरू निको पार्न सघाउँछ । यसले शरीरलाई धेरै पोषक तत्त्वहरू को पूर्ति समेत गर्छ ।

अनुसन्धानमा तेज पत्ता मधुमेहका लागि लाभदायक साबित भइ सकेको छ

धेरै अनुसन्धानहरूमा, तेज पत्ता मधुमेह नियन्त्रणमा महत्वपूर्ण साबित भइ सकेको छ । यसले मधुमेह रोगीहरूमा इन्सुलिनको कार्य (फंग्सन) मा सुधार ल्याउँछ । यसका साथै यसले मधुमेह र कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्छ ।

यसरी तेज पातको उपयोग
उसो तेज पत्ता को उपयोग खानाको स्वाद र गन्ध बढाउन गरिन्छ । यसबाट प्राप्त पोषक तत्त्व खानामा मिसिन्छ, जसलाई खादा फाइदा हुन्छ । यसलाई खानामा हालेर सेवन गर्दा पनि फाइदा कारी हुन्छ । मधुमेह रोगीहरूले यसलाई फरक तरिकाले समेत सेवन गर्न सक्छन् । राती एक कचौरा पानीमा तेज पत्ता लाई भिजाएर बिहान कचौरा वाट पत्ता बाहिर निकालेर वाकी रहेको पानी नियमित रूपमा सेवन गर्दा मधुमेहमा फायदा पुग्ने मान्यता छ ।

यी रोगहरूमा पनि तेज पत्ता लाभदायक
तेज पातले कब्जियत र एसीडीटी पनि निको पार्ने मान्यता छ । तेजपातको नियमित सेवनले पेटसँग सम्बन्धित धेरै रोगहरू निको हुन्छ। पेट दुख्ने, कब्जियत, एसिडिटीको समस्या भएमा यसको सेवन गर्नु राम्रो हुन्छ । यसले पाचन प्रक्रियालाई ठीक राख्छ।

मिर्गौलाको पत्थरीको समस्यालाई हटाउँछ
मिर्गौलाको पत्थरीको समस्यामा पनि तेज पत्ता फाइदा कारी देखिएको छ । यसका लागि पहिले तेज पत्तालाई पानीमा हालेर राम्ररी उमाल्नुहोस् । यसपछि पानीलाई चिसो गरी छानेर पिउनुहोस् । यसले मिर्गौलामा रहेको पत्थरी पग्लेर निस्किने मान्यता छ ।

अनिद्राको समस्या हटाउछ
निद्रा नलाग्ने मानिसलाई निद्रा न आउने समस्यालाई हटाउन पनि तेज पातको सेवन प्रभावकारी हुन्छ । यसको लागी तेज पातको तेल प्रयोग गर्नुपर्छ। यसको तेल को दुई देखि तीन थोपा पानीमा मिसाएर पिउँदा अनिद्राको समस्या निको हुन्छ । Bay Leaf Benefits
(अस्वीकरणः यो लेख मात्र जानकारी प्रदान गर्न को लागी हो। बढी जानकारी को लागी सधैँ विशेषज्ञ वा आफ्नो चिकित्सक सँग परामर्श गर्नुहोस्।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!