प्रधान मन्त्री दहाल र डब्लुएचओ दक्षिण पुर्व एसिया क्षेत्रिय निर्देशक डा .खेत्रपाल विच भेट


काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दहाल संग सोमबार बालुवाटारमा विश्व स्वास्थ्य संगठन , दक्षिण पुर्व एसिया का क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भेट गरेकी छन् ।

भेटमा नेपाल–डब्लुएचओ , दक्षिण पुर्व एसिया क्षेत्रका साझेदार लाई थप मजबुत बनाउन आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

भेटमा डा. खेत्रपालले कोभिड प्रतिकार्यमा नेपालले खेलेको भुमीकाको प्रशंसा गर्दै लक्षित जनसंख्याको ९० प्रतिशतले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएकोमा बधाई दिए ।

यसका साथै डा. खेत्रपालले स्वास्थ्य सेवाको पहुँच दूर दराजको समुदायसम्म पुग्नुपर्नेमा जोड दिँदै, स्वास्थ्य क्षेत्रमा उचित बजेट विनियोजन महत्वपूर्ण हुने समेत उल्लेख गरे ।

उक्त भेटमा विश्व स्वास्थ्य संगठन नेपाल स्थित कार्यालयका प्रमुख डा. राजेश संभाजीराव पाण्डव समेत सरिक थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!