सुदूर पश्चिममा पहिलो पटक चिकित्सक लाई सिकल सेल अभिमुखिकरण


धनगढी– सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) ले सुदूर पश्चिममा पहिलो पटक सिकल सेल रोग बारे शनिवार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा काठमाडौं, महेन्द्रनगर, टीकापुर, नेपालगञ्ज, धनगढी लगायतका ठाउँ वाट १ सय १५ जना चिकित्सक एवं विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा १५ जना वत्ताले १६ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तोताहरुमा प्रा.डा.सुवेस राज कायस्थ, प्रा.डा.भुपेन्द्रकुमार वस्नेत, डा.जगदिश जोशी, डा.राजन पांडे, डा.प्रज्ञा गौतम, डा.निरजकुमार सिंह, , डा.शेरवहादुर कमर, डा.उत्तम भट्ट, डा.योगेश भट्ट, डा.कपिल गौतम, डा.नविन चन्द्र भट्ट, डा.खगेन्द्र भट्ट, डा.ओमकार विष्ट, डा.पुष्पराज अवस्थी र डा.अस्मिता शर्मा थिए ।
सुदूर पश्चिम प्रदेशमा साइमनको तत्त्वावधानमा यस्तो कार्यक्रम पहिलो पटक भएको हो’, साइमनका महासचिव डा.मुकुन्दप्रसाद काफ्लेले भने–‘ ‘विभिन्न विषयका विज्ञ चिकित्सकहरू एउटै ठाउमा बसेर एउटै रोगको बारेमा छलफल तथा विचार मन्थन गरिने यो क्षेत्रीय सम्मेलन सिकल सेल रोग लागेका बिरामीको हेरचाह तथा उपचारको सन्दर्भमा कोशे ढुंगा सावित हुने छ ।’

सम्मेलनको अध्यक्षता साइमनका केन्द्रिय सभापति तथा वरिष्ठ मुटु रोग विशेषज्ञ फिजिसियन डा. अरुण मास्केले गरेका थिए भने सम्मेलनको संयोजकत्व सुदूरपश्चिम प्रदेश, धनगढीका वरिष्ठ फिजिसियन तथा साइमनका केन्द्रिय सदस्य डा. शुवेशराज कायस्थले गरेका हुन ।

झण्डै सात सय सदस्यहरू भएको सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) देशभरिका फिजिसियन चिकित्सकहरूको सबैभन्दा ठुलो पेशागत संस्था हो । विगतमा काठमाडौं तथा मोफसलमा चिकित्सकहरूको शैक्षिक वृत्ति विकासका लागि यस्तै कार्यक्रमहरु गर्दै आएको यस संस्थाले गत २०७९ असोजमा गण्डकी प्रदेशको पोखरामा ३ सय ८६ चिकित्सकहरू सहभागी भएको आफ्नो पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!