मस्तिष्क मृत्यु भएका वाट प्राप्त मृगौला र कलेजोले तिन जनाको ज्यान जोगियो


भक्तपुर– मस्तिष्क मृत्यु भएका एक व्यक्ति बाट प्राप्त दुई वटा मृगौला र कलेजो प्रत्यारोपण भएका तिन जना निको भए पछि शुक्रवार डिस्चार्ज भएका छन । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० दिन अघि मस्तिष्क मृत्यु भएका एक व्यक्ति वाट एक जनामा कलेजो र दुई जनामा  मृगौला प्रत्यारोपित गरिएको थियो ।

प्रत्यारोपण केन्द्रको अनुसार कलेजो प्रत्यारोपण सफल भए पछि शुक्रवार  डिस्चार्ज भएका ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय किरण थापा नेपालको चिकित्सा इतिहासमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्ति वाट कलेजो प्राप्त गरेका हुन ।

त्यस्तै मस्तिष्क मृत्युबाट प्राप्त २ वटा मृगौला मध्ये एक जना मृगौला प्रत्यारोपित शल्यक्रियाको पाचौँ दिनमा र अर्को मृगौला प्रत्यारोपित शुक्रवार डिस्चार्ज भएका हुन ।  

मुलुकमा २०७४ साल बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएको थियो ।  हाल सम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त १० वटा मृगौला र ३ वटा कलेजो प्रत्यारोपण भएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले अङ्ग फेल भएका र अंग नपाएर प्रत्यारोपण अभावमा मर्न वाध्य हुनु पर्ने बाध्यताको अन्त गर्न  सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन आग्रह गरे ।  

अंग दान गर्न र मस्तिष्क मृत्यु पछि प्राप्त हुने अंग प्रत्यारोपण कार्य सुचारु गर्न सबैमा अनुरोध गर्दै डा.श्रेष्ठले मृगौला, कलेजो लगायतका अंग फेल भएका व्यक्तिहरू समय समयमा जाँच गरी प्रत्यारोपणका लागि हाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा रहेको समन्वय इकाईमा गई प्रतीक्षाको सूचीमा नाम लेखाउन समेत उनले आग्रह गरे ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!