विराटनगरमा तिन दिने ‘अल नेपाल मेडिकल कन्फ्रेन्स’ शुरु


काठमाडौं -नेपाल चिकित्सक संघ कोशी शाखाको आयोजनामा विहीवार देखि तीन दिने २९ औं ‘अल नेपाल मेडिकल कन्फ्रेन्स’ (अनेमेकन) २०२३ हुदैछ।’अनेमेकन’ २०२३ को यस पटक को नारा  ‘स्वास्थ्य हेरचाह र कल्याण, वर्तमान प्रवृत्ति र चुनौतीहरू ‘ रहेको छ।

बुधवार देखि नै प्रि-कन्फ्रेन्स वर्कसप भने शुरू भइ सकेको आयोजक कमिटी ले जनाएको छ । कन्फ्रेन्समा ६ सय जनाको सहभागिता हुने छ भने भारतबाट इन्डियन मेडिकल एसोसियसनका अध्यक्ष सहितको टोली सहभागी समेत सहभागि हुने छन्। त्यस्तै बंगलादेश बाट पनि डाक्टरहरूको सहभागिता हुनेछ।

कार्यक्रमको ‘कि-नोट स्पिकर’का रूपमा स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, विराट मेडिकल कलेजका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डव रहेका छन्।

कार्यक्रममा ४० वटा अनुसन्धान पत्र समेत प्रस्तुत गरिने छ। सम्मेलनको उदघाटन कार्यक्रममा नेपाल चिकित्सक संघ को नव निर्वाचन बाट निर्वाचित कार्य समिति लाई पदभार हस्तान्तरण गरिने छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!