प्रा.डा.मथुरा प्रसाद श्रेष्ठको निधन


काठमाडौं – प्रा. डा. मथुरा प्रसाद श्रेष्ठको निधन भएको छ। ८८ वर्षीय डा.श्रेष्ठको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा निधन भएको हो।

दश दिनअघि अस्पताल भर्ना गरिएका डा श्रेष्ठलाई पोष्ट कोभिड को समस्या थियो ।

नेपाल को चिकित्सा क्षेत्रमा डा श्रेष्ठ को योगदान अविस्मरणिय छ। चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को स्थापनामा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए। डा. श्रेष्ठ सामुदायिक चिकित्साका प्राध्यापक थिए ।

चिकित्सा पेशामा रहेर पनि डा.श्रेष्ठले मानव अधिकार कर्मी र नागरिक समाज का अगुवाका रूपमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अहम भुमिका निर्वाह गरेका थिए ।

२०४६ सालको जन आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको मन्त्रि मण्डल मा डा श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!