बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मा जेष्ठ नागरिक को बहु रुग्णता उपचार सुरु


सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ज्येष्ठ नागरिकमा एक साथ हुने बहु रुग्णता रोगको विशेष उपचार सेवा सुरु गरेको छ । धरान स्थित प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागले वृद्ध वद्धालाई सहज उपचार को लागि फ्रेल्टी /मल्टी मोर्बिडिटी क्लिनिक सञ्चालनमा ल्याएको हो ।

छिमेकि मुलुक भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) बाट यसै विषयमा विज्ञता हासिल गरेकी डा. ऊर्जा भट्टराईले हरेक बिहीबार ज्येष्ठ नागरिकलाई उपचार सेवा दिने छिन ।

ज्येष्ठ नागरिकलाई उमेरले गर्दा हुने आन्तरिक कमजोरीका साथै निद्रा नलाग्ने, निराश हुने, कम सुन्ने, कम देख्ने, खाना नरुच्ने, थकान महसुस हुने आदि जस्ता शारीरिक तथा मानसिक समस्या लगायत अन्य रोगहरू भएकाको उपचार गर्ने उद्देश्यले ओपीडी सञ्चालनमा ल्याइएको डा. भट्टराई ले बताइन ।

बुढापाकाहरूमा विभिन्न दीर्घ रोग ले उनीहरूको समग्र क्षमतामा असर पर्ने भएकोले आवश्यता अनुसार औषधि, पोषण, मानसिक स्वास्थ्य संगै उमेर सुहाउँदो स्वास्थ्य सेवा दिनु आवस्यक छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!