वीर अस्पताल मा ७ वर्ष देखि बन्द ‘बर्नवार्ड’ पुनः सञ्चालन मा आउने, वीरको निर्देशक मा डा.सन्तोष पौडेल


काठमाडौ – वीर अस्पतालमा ७ बर्ष देखि बन्द बर्न वार्ड पुनः  सञ्चालनमा आउने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल को नव नियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले २०७२ साल देखि बन्द रहेको बर्न वार्ड नव निर्मित सर्जिकल भवनबाट पुन सुचारु गर्ने पहिलो निर्णय गरेका छन।

उनले  बर्न वार्ड तीन महिना भित्र सञ्चालनमा ल्याउने निर्णय गर्दै पद वहाली गरेका हुन । वीरमा जलन उपचारका लागि छुट्टै बर्न वार्ड भए पनि २०७२ सालको महाभूकम्पले उक्त भवन भत्किदा उपचार सेवा बन्द रहेको थियो।

हाल जलन सम्बन्धी विरामीको उपचार कीर्तिपुर अस्पतालमा हुँदै आएको छ । स्वास्थ्य मन्त्री पदम गिरीले शुक्रवार मन्त्री स्तरीय निर्णय गर्दै वीर अस्पतालको निर्देशक मा डा. पौडेललाई नियुक्त गरेका हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!