कांग्रेस सांसद चन्द्र भण्डारी थप उपचार को लागी चार्टड उडान वाट मुम्बई / नेशनल बर्न्स सेन्टरमा उपचार हुने


काठमाडौं – कांग्रेस सांसद चन्द्र भण्डारी लाई थप उपचारका लागि चार्टड फ्लाईट वाट विहीवार भारतको मुम्बई स्थित नेशनल बर्न्स सेन्टर लगिएकोछ । स्वास्थ्य मन्त्री पदम गिरीले बिहिवार बिहान भण्डारी लाई भेटेर सरकारले उपचारको सबै जिम्मेवारी लिने प्रतिवद्धता जनाएका थिए ।

श्री एयरलाइन्स को जहाजवाट उनलाई मुम्बई लगिएको हो । एयर एम्बुलेन्सको रुपमा लगिएको सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन समेत गरिएको छ । ६ जना चिकित्साकर्मी को टीम फ्लाइटमा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अन्तर्गत ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन ।

६४ वर्षीय भण्डारी को दुवै हात र दुबै गोड हरु गरी २५ – ३० प्रतिशत जलन भएको र श्वास नलीमा तातो हावा र घुँवा ले गर्दा जलन भएको हुन सकने सम्भावना देखिएको किर्तिपुर अस्पताल ले जनाएको छ ।अस्पताल ले उनलाई थप उपचार को लागि नेपाल वाहिर को सुविधा सम्पन्न अस्पताल मा लैजान समेत सिफारिस गरेको थियो ।

ग्यास विस्फोट पछि आगलागीबाट जलेर घाइते भएकी सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचार का क्रममा निधन भएको छ । बिहीबार बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ८६ वर्षकी हरिकलाको निधन भएको हो । अस्पतालका अनुसार हरिकलाको शरीरको ७० प्रतिशत भागमा जलन भएको र श्वासनलीमा तातो हावा र धुँवाका कारणले जलन भएको थियो ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति १० बजेर ३० मिनेट मा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका हुन् । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!