जर्मनी द्वारा प्रदान कोभीड विरुद्धको फाईजरको वाइ भेलेन्ट खोप हस्तान्तरण


काठमाडौ – नेपालका लागि जर्मन राजदुत डा.थोमस प्रिन्ज्युले बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी लाई कोभीड विरुद्धको फाईजर वायोएनटेक वाइ भेलेन्ट खोप हस्तान्तरण गरेका छन ।

संयुक्त राष्ट्र संघको संयोजनमा कोभ्याक्स सुविधा मार्फत जर्मन सरकारले दिन लागेको १५ लाख खोप मध्ये ३ लाख ४५ हजार खोप नेपाल आइ सकेको छ । बाँकी खोप एक साता भित्र आइपुग्ने छ ।

हस्तान्तरण समारोहमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, निती, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेल, युनिसेफ का प्रतिनिधि एल्के विस, विश्व स्वास्थ्य संगठनका  प्रतिनिधि डा. राजेश साम्भाजीराओ पाण्डव लगायतको उपस्थिती थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!