स्वास्थ्य व्यवसायी परिषद का पूर्व अध्यक्ष एबं रजिस्ट्रारहरू सम्मानित


काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषद को २७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बुधवार पूर्व अध्यक्ष र पूर्व रजिस्ट्रारहरू सम्मानित भएका छन् ।

स्वास्थ्य मन्त्री पदम गिरीले कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर पूर्व अध्यक्षहरू भरत झा, प्रा . डा. शिवकुमार राई, हरि कुमार लम्साल, डा. श्रवणकुमार मिश्र, दिपेन्द्र कुमार झा, राम प्रसाद भण्डारी लाई सम्मान गरेका हुन् ।

यस्तै परिषद्ले पूर्व रजिस्ट्रार श्याम भाइ गौतम, राम सागर चौधरी, धन प्रसाद पौडेल, शोभा गौतम, कुम्भराज खाति, काशिनाथ रिमाललाई समेत स्वास्थ्य मन्त्री गिरीले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!