आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह


काठमाडौँ – स्वास्थ्य मन्त्रालयले देशभरी का अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय फिर्ता लिन आग्रह गरेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका डा जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले कुटपिट गरेको विरोधमा संघले आइतवार एक दिन को लागि देशभरका स्वास्थ्य संस्थाहरु बन्दको आव्हान गरेको हो ।

डाक्टर माथि कुटपिट गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका छन । नेपाल प्रहरीका अनुसार घटनाको अनुसन्धान गर्नका लागि गुरुङलाई निलम्बन गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले शनिबार अबेर राती विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णय बाट पछि हटन नेपाल चिकित्सक संघसंग आग्रह गरेका छन् ।

विज्ञप्तीमा भनिएको , ‘घटनामा सम्लग्न सुरक्षाकर्मी लाई निलम्बन गरी छानविन गरिरहेको तथा घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि बार्ता समिति गठन गर्ने र संघका विषयलाई सम्वाद मार्फत हल गर्ने प्रयास भइरहेको छ । स्वास्थ्य क्षेत्र जस्तो सम्वेदनशील विषयमा स्वास्थ्यकर्मीहरु थप सम्वेदनशील बनेर उपचारका लागि आउने बिरामीलाई निर्वाध रुपमा सेवा गर्न समेत अनुरोध छ ।’

स्वास्थ्य मन्त्री पदम गिरीले चिकित्सक माथि कुटपीट को विषयमा प्रधान मन्त्री पुष्प कमल दहाल र चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कि संग कुराकानी समेत गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!