ट्रमा सेन्टरका डाक्टर जनिथ लाल सिंह राष्ट्रपतिको सवारी सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जवाट घाइते/ टाउको मा गम्भीर चोट


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी सुरक्षामा शुक्रबार खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका अंको सर्जन डा. जनिथ लाल सिंह घाइते भएका छन् ।

राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिडिरहेका डा. सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको हो ।

वीर अस्पतालमा निमित्त प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेत का अनुसार डा. सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल आउन लागेका वेला यो घटना भएको हो । बाटोमा सुरक्षामा खटिरहेका प्रहरीलाई आफू डाक्टर रहेको र वीर अस्पताल जान लागेको भन्दैं कार्ड देखाउँदा पनि उनको कार्ड खोसेर लाठी चार्ज गरिएको जानकारी पाएको डा. वस्नेतले बताए ।’

घटनापछि अहिले चिकित्सक र प्रहरीका उच्च अधिकारीहरु छलफल चलिरहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!