भारतमा चीन सहित ६ देश बाट आउने यात्रुका लागि पीसीआर परीक्षण अनिवार्य


नयाँ दिल्ली – केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मांडविया ले बिहीबार ट्वीट गरेका छन कि सन २०२३ जनवरी १ तारीख देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्ड बाट आउने यात्रुका लागि आरटी पीसीआर परीक्षण अनिवार्य गरिएको छ ।

मांडविया ले भने, ‘यात्रा गर्नु अघि उनीहरुले आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा अपलोड गर्नु पर्ने हुनेछ।’ स्मरण रहोस चीन सहित धेरै देशहरूमा ठूलो संख्यामा कोविड केसहरू रिपोर्ट गरिए पछि सरकार ले निगरानी बढाएको छ।

गत बुधबार भारत पुगेका ३९ अन्तर्राष्ट्रिय यात्रुको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको आधिकारिक स्रोतले जनाएको छ । कोभिड संक्रमण बढेपछि विमानस्थलमा नयाँ प्रोटोकल अन्तर्गत कूल ६ हजार व्यक्तिको रैन्डम परीक्षण गरिएको थियो ।

जनवरी मा कोरोना बढन सकने

जनवरीमा कोरोना संक्रमण बढ्न सक्छ स्वास्थ्य विशेषज्ञहरु ले भारतमा जनवरीमा कोरोना केसहरू बढन सकने भविष्यवाणी गरेका छन । आगामी ४० दिनमा केसहरू बढ्ने अपेक्षा गरिएको छ। गत वर्षको रिडिङ्ग को आधारमा अलर्ट जारी गरिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!