चिकित्सक संघ को निर्वाचन मा ४१ जनाको उम्मेदवारी /१२ हजार ८ सय ३४ डाक्टर ले मतदानवाट नयाँ नेतृत्व चयन गर्ने

हरेक ३ वर्षमा हुने निर्वाचन अन्तर्गत यस पटक माघ ६ र ७ गते शाखा कार्यालयहरूमा एवं १९, २० र २१ गते संघको केन्द्रिय कार्यालयमा काठमाडौँमा मतदान


काठमाडौं– नेपालका चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघको आगामी माघ महिनामा हुने निर्वाचनको लागि सोमवार विभिन्न पदहरू गरेर ४१ जना ले उम्मेदवारी दर्ता गराएका छन ।  चिकित्सक संघमा १२ हजार ८ सय ३४ मतदाता छन ।

संघको १९ जनाको केन्द्रिय कमिटीको लागि निर्वाचनमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, हरेक प्रदेश वाट  उपाध्यक्ष , महासचिव, कोषाध्यक्ष, सह सचिव, सह कोषाध्यक्ष र केन्द्रिय सदस्य को पदमा ४१ जनाले उम्मेदवारी दिएका छन ।

चिकित्सक संघका प्रमुख निर्वाचन अधिकृत डा.धन बहादुर राणा मगरले उम्मेदवारी दिएका हरूको योग्यता जाँच गरी मंगलबार नामावली प्रकाशित गरिने नेपालहेल्थप्रेशलाई बताए । उनले पदाधिकारीमा उम्मेदवारी दिएकाहरू संघको सदस्य भएको ७ वर्ष र सदस्यमा उम्मेदवारी दिएकाहरुले संघको सदस्य भएको ४ वर्ष पुरा भएको हुनु पर्ने जनाए । ४१ जना मध्ये योग्यता नपुगेकाहरूको उम्मेदवारी रद्द गरिने छ ।

निर्वाचन तालिका अनुसार माघ ६ र ७ गते चिकित्सक संघका शाखा कार्यालयहरूमा र १९, २० र २१ गते संघको केन्द्रिय कार्यालयमा काठमाडौँमा मतदान हुने छ । हरेक ३ वर्षमा हुने निर्वाचनमा यस पटक मुलुकको १२ हजार ८ सय ३४ संघका सदस्यहरूले मतदान वाट नयाँ नेतृत्व चयन गर्ने छन ।

निर्वाचनमा एक जना अध्यक्ष, एक जना बरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेश वाट एक जनाको दरले ७ जना उपाध्यक्ष , एक जना महासचिव, एक जना कोषाध्यक्ष, एक जना सह सचिव, एक जना सह कोषाध्यक्ष र ६ जना केन्द्रिय सदस्य गरी १९ जनाको केन्द्रिय कमिटी निर्वाचित हुने छ ।

निर्वाचन समितिको अनुसार उम्मेदवारी दर्ता गराएका ४१ जनाको नामावली
अध्यक्षः डा. अनिल बिक्रम कार्की, डा.सन्तोष पौडेल, डा. शिवजी बिक्रम सिलवाल
बरिष्ठ उपाध्यक्षः डा.बद्री रिजाल
उपाध्यक्षहरुः
प्रदेश १:  डा.बिपेश आचार्य, डा. पार्थ गुरागाई, डा. यज्ञराज खराल
मधेश प्रदेशः डा. नीरजकुमार सिंह, डा.अजयकुमार मिश्र, डा. महेश महासेठ
बागमती प्रदेशः डा. प्रकाश बुढाथोकी, डा.सञ्जयकुमार ठाकुर
गण्डकी प्रदेशः डा.राजन शर्मा, डा. विकास गौचन
लुम्बिनी प्रदेशः डा. नन्दाकुमारी गुरुङ
कर्णाली प्रदेशः डा. केशर बहादुर ढकाल
सुदूरपश्चिम प्रदेशः डा प्रशान्त भट्ट, डा. प्रविनकुमार गिरी, डा.नीरज अर्याल
महासचिवः डा. रक्षा श्रेष्ठ, डा. सञ्जीब तिवारी, डा.अमृत भुसाल
कोषाध्यक्षः डा.प्रमोद जोशी, डा. अञ्जना महर्जन
सहसचिवः डा. लिजन महर्जन
सह कोषाध्यक्षः डा.विक्रान्त ढकाल
सदस्यहरुः डा.अमितरञ्जन मिश्र, डा.मनोरद्घिन सैयद, डा.सिर्जना विष्ट, डा.किशोर खत्री, डा.तेजस सेन मल्ल, डा.योभिनकुमार यादव, डा.चेतन बस्नेत र डा. रामकृष्ण आचार्य रहेका छन् । यस्तै डा. स्मृती महत, डा. पदम नेपाली दर्जी, डा. अभियान गौतम, डा. कुम्भराज जोशी, डा. सुरेन्द्र यादव, डा. रमेश श्रेष्ठ, डा.मोहम्मद अनामुल हकले समेत सदस्य पदमा उम्मेदवारी दिएका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!