इन्डियन सोसाइटी अफ नेफ्रोलोजी को अध्यक्षमा डा. संजीव गुलाटी


पुणे ( भारत ) – बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. संजीव गुलाटी ले पुणेमा यसै साता भएको वार्षिक सम्मेलनमा इन्डियन सोसाइटी अफ नेफ्रोलोजी को ५२ औं अध्यक्ष को रूपमा पदभार ग्रहण गरेका छन।

आफ्नो अध्यक्षीय सम्बोधनमा डा गुलाटीले धेरै भारतीय नेफ्रोलोजिस्ट हरूले नेफ्रोलोजीको इन्टरनेशनल सोसाइटी र अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी दुवैमा नेतृत्वको स्थान पाएका बताए ।

उनले इन्डियन सोसाइटी अफ नेफ्रोलोजी विश्वव्यापी नेफ्रोलोजी क्षेत्रमा आफ्नो स्थान सुदृढ गर्न सक्षम रहेको जनाउदै सदस्यहरू सँग मिलेर कडा मेहनत गर्ने वाचा समेत गरे।

डा गुलाटीले मृगौला रोगमा विगत तिन दशकमा आफु ले गरेको अनुसन्धान हरु समेत साझा गरे । उनको अनुसन्धान हरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रशंसा पाएको छ ।

उनले विश्व मिर्गौला दिवस २०२२ को नाराले रेखांकित गरेको तथ्य र जानकारी बारे चिकित्सक र आम मानिस बीचको ज्ञानको खाडल लाई भर्नु वर्तमान समयको सबैभन्दा ठूलो चुनौती रहेको बताए।

पछिल्ला केही वर्षहरूमा नयाँ र प्रभावकारी उपचारहरू देखा परे पनि त्यसमा आवश्यक व्यक्ति र प्रभावित हरूको पहुँच र उपलब्धता न्यून रहेको उनले जनाए ।

‘सामाजिक सञ्जालको उदयले यसलाई अझ चुनौतीपूर्ण बनाएको छ किनकि गलत जानकारी र अप्रमाणित वैकल्पिक उपचारहरूले भरिएको छ। जसका कारण आम मानिस प्रायः भ्रममा परेका छन् ‘, डा. गुलाटीले भने – ‘दिर्धकालीन मृगौला रोग भएका बिरामीहरूले यी परीक्षण नगरिएका उपचारहरूमा पर्याप्त समय र आर्थिक खर्च गरेपछि नेफ्रोलोजिस्टहरू समक्ष ढिलो गरी पुग्ने गरेका छन । ‘

उनले यो चुनौतीलाई सम्बोधन गर्ने र सामाजिक सञ्जालको प्रयोग मेडिकल समुदाय बाट दिइएको सही जानकारी आम मानिसमा विस्तार गर्ने समय आएको पनि बताए ।

उनले आफ्नो कार्यकालमा इन्डियन सोसाइटी अफ नेफ्रोलोजीले आगामी दिनहरु मा धेरै बिरामी कल्याण र आम व्यक्ति विच पहुच पहुँच विस्तार गर्ने योजना बनाएको पनि उल्लेख गरे।

डा . गुलाटी फोर्टिस ग्रुप अफ हस्पिटल्स का नेफ्रोलोजी र मिर्गौला प्रत्यारोपण विभाग का कार्यकारी निर्देशक समेत हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!