संस्कृतिविद् सत्यमोहन जोशीको निधन


काठमाडौँ -संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ ।

किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत १०३ वर्षका जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

उनको असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको थियो ।उनलाई डेंगीको संक्रमणका साथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र फोक्सो पनि दीर्घरोगी थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!