शताब्दी पुरुष सत्य मोहन जोशीको स्वास्थ्य सुधारोन्मुख


काठमाडौं – किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ले विगत १९ दिन देखि उपचारार्थ भर्ना रहेका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा बुधवार केही सुधार आएको जनाएको छ ।

पछिल्लो समयमा जोशीमा देखिएको निमोनिया संक्रमणका साथै मुटुको चाल सम्बन्धी समस्याको उपचार जारी रहेको छ । उनको खकार परीक्षण गर्दा एन्टिबायोटिक्स् निरन्तर दिई रहनु पर्ने देखिएको अस्पतालले जनाएकोछ ।

जोशी सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा  रहेका र कमजोरी कायमै रहँदा उनलाई डिलक्स क्याबिनमा सारेर सघन उपचार कक्ष सरहकै सुक्ष्म निगरानी मा राखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!