म्याक्स अस्पतालद्वारा दुई नेपाली बिरामीका जटिल क्यान्सर उपचार सार्वजनिक


काठमाडौं – भारतको वैशाली (दिल्लीको एनसीआर क्षेत्र भित्रको भाग) स्थित म्याक्स सुपर स्पेशलिटी अस्पतालले नेपाली बिरामीसँग सम्बन्धित दुई जटिल क्यान्सरका सफल उपचार बारे काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। अस्पतालका अनुसार समय मै मूल्याङ्कन र बहु विषयक समन्वित उपचारले दुवै केसमा सकारात्मक नतिजा दिएको थियो।

पहिलो केस ७३ वर्षीया नेपाली महिलामा भेटिएको उन्नत मलद्वारको क्यान्सरसँग सम्बन्धित थियो। प्रारम्भिक केमोथेरापी र रेडिएसन पछि सीमित सुधार देखिए पछि विशेषज्ञ टोलीले उपचार योजना पुनः मूल्याङ्कन गर्‍यो र न्यूनतम आक्रामक शल्यक्रिया गरियो। शल्यक्रिया पछि क्यान्सर पूर्ण रूपमा हटेको पुष्टि भयो। अस्थायी खोल हटाइए पछि बिरामीले आन्द्राको सामान्य कार्य पुनः प्राप्त गरिन।

दोस्रो केस ६५ वर्षीय नेपाली पुरुषमा भेटिएको पित्त नलीको दुर्लभ र आक्रामक क्यान्सर सँग सम्बन्धित थियो। जन्डिसका लक्षण देखिएपछि गरिएको परीक्षणले क्यान्सर पित्त नली र कलेजोसम्म पुगेको देखायो। प्रारम्भिक उपचार र शल्यक्रिया अघि केमोथेरापीपछि कलेजोको जटिल शल्यक्रिया गरियो। फलो अप परीक्षणले रोग पुनरावृत्ति नभएको देखाएको अस्पतालले जनाएको छ।

यी केसबारे बोल्दै ग्यास्ट्रोइंटेस्टाइनल तथा हेपाटो प्यान्क्रियाटो बिलियरी सर्जिकल ओन्कोलोजीका प्रमुख निर्देशक डा. विवेक मङ्गलाले समय मै पहिचान र विशेषज्ञता बीचको समन्वय नै क्यान्सर उपचारको मुख्य आधार भएको उल्लेख गरे। उनका अनुसार स्टेज एक र दुईको कोलोन क्यान्सर पहिचान हुनु अत्यावश्यक छ र जनचेतना सबैभन्दा प्रभावकारी हतियार हो।

उनले भने, ‘कोलोन क्यान्सरका चेतावनी संकेत बारे चिकित्सक मात्र होइन, सर्वसाधारण पनि सजग हुनु पर्छ। पछिल्लो समय हामी पश्चिमा भन्दा बढी पेट स्क्यान गरि रहेका छौं, जबकि धेरै केसमा छाती र पेटको सिटी स्क्यान नै पर्याप्त हुन्छ। स्टेज चारको कोलोरेक्टल क्यान्सरमा उपचारले खासै फाइदा दिँदैन। यसमा करिब छ महिना भित्र मृत्यु हुने गरेको देखिन्छ।’

उनका अनुसार क्यान्सर उपचार पछि पुनः फर्किने सम्भावना क्यान्सर कुन चरणमा भेटियो, कति फैलिएको थियो कसरी उपचार गरियो आदि कुरामा निर्भर हुन्छ। ‘उपचारले क्यान्सर पूर्ण रूपमा निको नभए पनि सर्भाइभल बेनिफिट बढ्छ। पछिल्लो समय आएका नयाँ प्रविधिहरूले उपचार प्रक्रिया झनै प्रभावकारी र सहज बनेका छन’, डा. मङ्गलाले थपे।

कार्यक्रमका क्रममा म्याक्स अस्पतालले काठमाडौंमा निरन्तर चिकित्सा शिक्षा (सिएमइ) सत्र पनि सम्पन्न गर्यो, जहाँ नेपाली चिकित्सकहरू सँग जटिल क्यान्सर केस, उपचार अनुभव र क्लिनिकल अभ्यास बारे छलफल गरिएको थियो।

यो पनि पढ्नुस्👉समयमै कलेजो प्रत्यारोपणले सामान्य र स्वस्थ्य जीवन बाँच्न सकिने डा. अभिदिप चौधरी, बीएलके म्याक्स अस्पताल


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!