समय मै कलेजो प्रत्यारोपणले सामान्य र स्वस्थ जीवन बाच्न सकिने : डा.अभिदिप चौधरी, बिएलके म्याक्स हस्पिटल


काठमाडौं–विज्ञहरुले समय मै अधिकांश कलेजो प्रत्यारोपण गराएकाहरूले सामान्य र स्वस्थ जीवन शैलीमा फर्किने गरेको बताएका छन् । भारतको नयाँ दिल्ली स्थित बिएलके म्याक्स सुपर स्पेसियालिटि हस्पिटल द्वारा राजधानीमा आयोजित कलेजो प्रत्यारोपणमा आधुनिक प्रविधि लगायतका उपयोग वारे विज्ञ चिकित्सकहरूको लागि एक दिने निरन्तर चिकित्सा शिक्षा (सिएमइ) मा विज्ञहरूले उक्त कुरा बताएका हुन ।

‘कलेजो प्रत्यारोपण गराएका धेरैले पुनः ऊर्जावान् महसुस गर्छन र उनीहरूको जीवनको गुणस्तर मात्र सुध्रिएको हुदैन , ती व्यक्तिहरू एक फटक फेरी दैनिक गतिविधिको स्वस्थ व्यक्ति झै आनन्द लिइ रहेका हुन्छन’, विएलके म्याक्स इन्स्टिच्युट फर डाइजेस्टिभ एण्ड लिभर डिजीज, नयाँ दिल्लीका एचपीवी सर्जरी र लिभर ट्रान्सप्लान्ट वरिष्ठ निर्देशक डा.अभिदिप चौधरी ले बताए ।

डा.चौधरीले कलेजो प्रत्यारोपण गराएकाहरूले निको भए पछि सामान्य व्यायाममा भाग लिन सक्षम हुने गरेको समेत उल्लेख गरे । उनको अनुसार कलेजो प्रत्यारोपण गराएका महिलाहरू गर्भधारण गर्न सक्षम हुन्छन् भने प्रत्यारोपण पछि को गर्भावस्था र सुत्केरी सामान्य हुन्छ । वर्षमा एक चोटि शारीरिक परीक्षण र कलेजो सम्बन्धी सामान्य समस्या को अनुभूति भए तुरुन्त चिकित्सकीय जाँच ले प्रत्यारोपणको अवस्था टार्न सक्ने वा यसलाई पर धकेल्न सक्ने भएकोले आम व्यक्ति जागरूक हुनु पर्ने समेत डा.चौधरीले बताए ।

उक्त सिएमइ मा राजधानीमा कार्यरत ग्यास्ट्रोइन्टरोलोजिस्ट (पेट र आन्द्रा सम्बन्धी रोग विशेषज्ञ ) , हेमाटोलजिस्ट, कलेजो प्रत्यारोपण विज्ञ लगायतका को सहभागिता थियो । यस्तै एचपीवी सर्जरी र लिभर ट्रान्सप्लान्टेसन एनेस्थेसिया एण्ड क्रिटिकल केयर का बरिष्ठ कन्सलटेन्ट डा.विनोद सिंह चौधरी ले कलेजो प्रत्यारोपण एवं प्रत्यारोपण पछि को प्रकृया बारे विस्तृत जानकारी दिएका थिए ।

सिएमइ मा चिकित्सकहरूले नेपालमा गरिने कलेजो प्रत्यारोपण एवं यसमा उपयोग गरिने प्रकृयाको प्रभावकारिता बारे समेत चासो राखेका थिए ।  सिएमइमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल स्थित लिभर युनिटका प्रा.डा. सुधान्सु केसी ले मोडरेटर को भूमिका निर्वाह गरेका थिए । नेपालको कलेजो प्रत्यारोपणको वार्षिक माग करिब एक हजार छ । हाल सम्म मुलुक कै स्वास्थ्य संस्थामा करिब २० जनाको कलेजो प्रत्यारोपण भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!